Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
५३ पटक हेरिएको
Shares
वडा स्तरीय टोल सुधार समितिद्वारा खैरामाइ मन्दिरको सरसफाइ

सारांश

  • बाराको फेटा गाउपालिका वडा नम्बर १ स्थित रहेको श्री खैरामाइ मन्दिरको प्राङ्गण वडा स्तरीय टोल सुधार समितिले सरसफाइ गरेका छन ।
  • मङ्गलवार बिहान वडा स्तरीय टोल सुधार समितिले दोश्रो पटक खैरामाइ मन्दिरको सरसफाइ गरेका हुन ।
  • हिन्दुहरूको महान पर्व बडा दशै र पुर्णिमामा लाग्ने खैरा माइ मेलाको समयमा सरसफाइ गरिएको वडा स्तरीय टोल सुधार समितिका अध्यक्ष शेसनाथ यादवले जानकारी दिनुभयो ।

अमरेश कुमार पाण्डे 

२७ कात्तिक बारा । बाराको फेटा गाउपालिका वडा नम्बर १ स्थित रहेको श्री खैरामाइ मन्दिरको प्राङ्गण वडा स्तरीय टोल सुधार समितिले सरसफाइ गरेका छन । मङ्गलवार बिहान वडा स्तरीय टोल सुधार समितिले दोश्रो पटक खैरामाइ मन्दिरको सरसफाइ गरेका हुन ।

हिन्दुहरूको महान पर्व बडा दशै र पुर्णिमामा लाग्ने खैरा माइ मेलाको समयमा सरसफाइ गरिएको वडा स्तरीय टोल सुधार समितिका अध्यक्ष शेसनाथ यादवले जानकारी दिनुभयो । उहाले समाजिक कार्यको निम्ति, समाजमा हुन सक्ने योगदानको निम्ति, समाजमा हुन सक्ने प्रगतिको निम्ति वडा स्तरीय टोल सुधार समिति जहिले पनि खडा रहने बताउदै हाल कात्तिक ३० गतेदेखी पाच दिनको लागि लाग्न गइरहेको मेलाको समयमा सरसफाइको कार्यक्रम राखिएको बताए ।

यता वडा स्तरीय टोल सुधार समितिका संस्थापक तथा फेटा गाउपालिकाका समाजसेवीका साथै वरिष्ठ पत्रकार उमेश दुबेले समाजिक कार्यको लागि नै टोल सुधार समिति गठन गरिएको बताए । स्थानीय तहले गर्न नसकेका तथा समाजिक कार्यमा स्थानीय तह आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको ठाउमा टोल सुधार समिति अग्रसर हुने गरेको दुबेले बताए । उहाले टोल सुधार समितिका सम्पूर्ण सदस्यहरू आ-आफ्नो ठाउहरूबाट समाजसेवामा लागि सकेको बताए । वडा नम्बर १ सङ्गै प्रत्येक वडामा टोल सुधार समिति गठन हुने संस्थापक उमेश दुबेले जानकारी दिनुभयो ।

वडा स्तरीय टोल सुधार समितिले आयोजना गरेको सरसफाइ कार्यक्रमा बोर्डर आउट पोस्ट मटिअर्वा र बरैनियाबाट १५ जना सशस्त्र प्रहरीको टोलि र इलाका प्रहरी कार्यालय प्रसौनीबाट ६ जना नेपाल प्रहरीको टोलि समेतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको समितिका उपाध्यक्ष रामजी दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द
खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता
खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
१०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब खर्च गर्दै सरकार
१०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब खर्च गर्दै सरकार
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
मधेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त
स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार
स्थगित भएको केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार
काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको श*व फेला
काठमाडौंको रानीपोखरीमा एक व्यक्तिको श*व फेला
राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरीको नियन्त्रणमा
राजेन्द्र लिङ्देन सिंहदरबारबाट प्रहरीको नियन्त्रणमा
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै
क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै