हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ३, २०८१
|
|
४६ पटक हेरिएको
Shares
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द

सारांश

  • उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गएको असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो ।
  • उपकरण मर्मत गरी गएको मङ्सिरको पहिलो हप्ताबाटै उत्पादन शुरू गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन शुरू गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।
  • उत्पादन शुरू हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो तर त्यो मात्रैले पनि उत्पादन रोकिएको होइन भन्दै उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन शुरू गर्ने भन्ने अन्याेल बढेको बताउनुभयो ।

३ माघ,  मकवानपुर – हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्याेलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गएको असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मत गरी गएको मङ्सिरको पहिलो हप्ताबाटै उत्पादन शुरू गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन शुरू गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

उत्पादन शुरू हुन नसक्नुमा उपकरण मर्मत एउटा पाटो हो तर त्यो मात्रैले पनि उत्पादन रोकिएको होइन भन्दै उद्योगका प्रशासन प्रमुख तथा प्रवक्ता हरेराम आचार्यले आर्थिक समस्या बढ्दै गएकाले कहिलेदेखि उत्पादन शुरू गर्ने भन्ने अन्याेल बढेको बताउनुभयो । उत्पादन ठप्प भए पनि कर्मचारीको तलब भत्ता, केही इन्धन खर्च र समान्य मर्मत खर्चलगायतका नियमित खर्च भइरहकाले आर्थिक समस्या बढ्दै गएको उहाँको भनाइ छ । उत्पादन बन्द हुँदा कर्मचारी त्यतिकै बसेर दिन बिताइरहेका छन् । उद्योगमा एक सय ६६ जना स्थायी, दैनिक ज्यालादारीका एक सय र ५२ जना सुरक्षाकर्मी गरी तीन सय १८ जना जनशक्ति कार्यरत रहेको प्रवक्ता आचार्यले बताउनुभयो ।

उहाँका अनुसार तत्काल उद्योग सञ्चालनका लागि उद्योगलाई चाहिने आवश्यक कच्चा पदार्थको समेत समस्या छ । विं.सं. २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विं.सं. २०४३ देखि सिमेन्ट उत्पादन शुरू गरेको थियो । अहिले उपकरणहरू पुरानो भइसकेको र राम्ररी उत्पादन गर्न सक्ने अवस्थामा नरहेको प्राविधिकको भनाइ छ । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योग आर्थिक समस्याका कारण थलिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैरो संघको अध्यक्षमा गुरुङ विजयी
बैरो संघको अध्यक्षमा गुरुङ विजयी
आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव
आजको मौसम : कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
नेशनल मेडिकल कलेजमा छापा : एमडी र ल्याब प्रमुख पक्राउ
नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ
नागार्जुनमा जुवाको अखडा, आठ जुवाडे पक्राउ
प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे
प्रधानमन्त्री ओलीले आफूले गरेको अपराधको माफी नमागेसम्म एकता नहुने हुँदैन : पाण्डे
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
तीनकुने घटना: प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा, ३२ जना धरौटीमा रिहा
रास्वपाको बृहत्तर एकता घोषणा सभा सोमबार हुने
रास्वपाको बृहत्तर एकता घोषणा सभा सोमबार हुने
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग
सहकारी प्रकरणमा छानविन समिति बनाउन एकीकृत समाजवादीको माग