यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ३०, २०८१
|
|
१०४ पटक हेरिएको
Shares
यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड हो : गृहमन्त्री लेखक

सारांश

  • गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन् ।
  • शनिबार तराई यातायात व्यवसायि संघको १८ औँ वार्षिक साधारण सभा बाराको सिमरामा बोल्दै उनले उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायीको भूमिका अतुलनीय रहेको बताएका हुन् ।
  • उनले कृषी उत्पादनको बजारसम्म पहुँच, मानव स्रोतमाथिको निर्भरतालगायत सीमापार व्यापारमा यातायात व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताए ।

३० चैत,  काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले यातायात क्षेत्र देशको मुख्य आर्थिक मेरुदण्ड रहेको बताएका छन् । शनिबार तराई यातायात व्यवसायि संघको १८ औँ वार्षिक साधारण सभा बाराको सिमरामा बोल्दै उनले उद्योग, व्यापार, पर्यटन, शिक्षा तथा स्वास्थ्य सेवा सबैको सम्बन्ध यातायातसंग जोडिएको बताउँदै यातायात व्यवसायीको भूमिका अतुलनीय रहेको बताएका हुन् । उनले कृषी उत्पादनको बजारसम्म पहुँच, मानव स्रोतमाथिको निर्भरतालगायत सीमापार व्यापारमा यातायात व्यवसायको महत्वपूर्ण भुमिका रहेको बताए ।

‘सडक संरचना र यसको स्तरले ल्याएको समस्या र चुनौती, यातायात क्षेत्रमा देखा परेका केही प्रशासनिक झन्झटलगायतका धेरै समस्या र सवालहरु छन्,’ मन्त्री लेखकले भने,‘तपाईंहरुले उठाउँदै आउनुभएका विषयमा के गर्न सकिन्छ भन्ने कुरामा नेपाल सरकार गम्भीर छ ।’
यातायात क्षेत्रमा नियमको कार्यान्वयन, व्यवसायीले भुक्तानी गर्ने कर संरचना र यातायात क्षेत्रमा संलग्न व्यवसायी, मजदुर र साधन सुरक्षाका सवाल रहेको उनको भनाइ थियो । ‘विभिन्न समस्याका बावजुत पनि राम्रोसंग सेवा दिइ रहनुभएको छ, तपाईहरुले राम्रो गर्दागदै पनि केहि कमी कमजोरीहरु आवश्यक सुधार गर्नुपर्ने देख्दछु,’ उनले भने,‘यातायात व्यवसायीहरुले भाडादरमा पारदर्शिता अभाव, सेवाको गुणस्तरमा कमी, यात्रु सुरक्षामा लापरवाही, हड्ताल र सवारी बन्द गर्ने प्रवृत्ति, प्राविधिक प्रयोगको कमी लगायतका कुरामा सुधार गर्नुपर्ने देखिन्छ ।’ उनले आफु २०६३ सालदेखि कुनै न कुनै रुपमा यातायात क्षेत्रसंग जोडिएको बताउँदै यातायात क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत
मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत
नेप्सेमा दोहोरो अङ्कको सुधार, आठ अर्ब ५८ करोडको कारोबार
नेप्सेमा दोहोरो अङ्कको सुधार, आठ अर्ब ५८ करोडको कारोबार
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट
नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली
नेपाली विद्यार्थीको सुरक्षा समन्वय गर्न ओडिसा पुग्यो नेपाल प्रहरीको टोली
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
खुट्टाको चोट निको नभई रवि भोलि चितवन जाँदै, फागुनदेखि बालेनसँग संयुक्त दौडाहा
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो , भारतीय सेना कर्नेल सोफिया कुरैशी
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै
एभरेष्ट कलरको आईपीओ वैशाख १६ देखि निष्कासन हुँदै
न्याय माग्दा निहारिका र बिनुविरुद्ध सार्वजनिक शान्तिविरुद्धको मुद्दा
न्याय माग्दा निहारिका र बिनुविरुद्ध सार्वजनिक शान्तिविरुद्धको मुद्दा