ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १०, २०८३
|
|
३० पटक हेरिएको
Shares
ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

सारांश

  • उपभोक्तालाई खाना पकाउने एलपी ग्यास सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ ।
  • निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै देशभरि ग्यास आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई आग्रह गरेको हो ।
  • निगमले बजार माग अनुसार एलपी ग्यास आयात अधिकतम बढाउन, भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाइ आपूर्ति प्रणालीमा ल्याउन र उद्योगहरूको भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ ।

 

९ मंसिर, काठमाडौं ।

उपभोक्तालाई खाना पकाउने एलपी ग्यास सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै देशभरि ग्यास आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई आग्रह गरेको हो ।

निगमले बजार माग अनुसार एलपी ग्यास आयात अधिकतम बढाउन, भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाइ आपूर्ति प्रणालीमा ल्याउन र उद्योगहरूको भण्डारण क्षमताको पूर्ण उपयोग गरी पर्याप्त मौज्दात राख्न निर्देशन दिएको छ ।

त्यस्तै ग्यास विक्रेता र बजारमा रहेका सिलिन्डरहरू पूर्ण क्षमतामा भरी उपभोक्तासम्म नियमित आपूर्ति सुनिश्चित गर्नसमेत उद्योगहरूलाई भनिएको छ ।

यस पहल अन्तर्गत ग्यास आपूर्ति व्यवस्थाका तीन वटै महत्त्वपूर्ण पक्ष आयात वृद्धि, भण्डारण व्यवस्थापन र बजार वितरण सहजता एकीकृत रूपमा परिचालन गरिने निगमले जनाएको छ ।

आपूर्ति शृङ्खलामा कुनै अवरोध आउन नदिई आम नागरिकलाई नियमित र सहज ग्यास उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै आयात, भण्डारण र वितरणबीचको प्रभावकारी समन्वयले बजार व्यवस्थापन थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

यसैबीच निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न, अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने खालका गतिविधिमा संलग्न नहुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध
कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध
डा. गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह
डा. गोविन्द केसीले सुरु गरे तीन दिने सत्याग्रह
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण : कांग्रेस
कार्की आयोगको प्रतिवेदन प्रथम दृष्टिमा नै अपूर्ण : कांग्रेस
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको उद्दार, एक जना पक्राउ
पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको उद्दार, एक जना पक्राउ
सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना
सडकमा निर्माण सामग्री थुपारेको भन्दे २५ हजार जरिवाना
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग