सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन

सारांश

  • सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत सुरु भएको छ ।
  • आज पहिलो दिन नगर दर्शनको कार्यक्रम रहेको छ ।
  • प्राचीनकालमा राम र लक्ष्मण आफ्नो गुरुसँग पहिलो पटक जनकपुरधाम आउँदा उनलाई जनकपुरधाम र यहाँका बजार, सामान, यहाँका मानिसहरुसँग भेटघाट गराइएको थियो ।

४ मंसिर, जनकपुर ।

सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत सुरु भएको छ । आज पहिलो दिन नगर दर्शनको कार्यक्रम रहेको छ । प्राचीनकालमा राम र लक्ष्मण आफ्नो गुरुसँग पहिलो पटक जनकपुरधाम आउँदा उनलाई जनकपुरधाम र यहाँका बजार, सामान, यहाँका मानिसहरुसँग भेटघाट गराइएको थियो । सोही समयलाई पुनः दर्शाउँदै राम र लक्ष्मण बनेका बालकलाई जनकपुर नगरको दर्शन गराइन्छ ।

जानकी मन्दिको प्राङ्गनमा आज दिउँसो देखि नाचगान र भव्य उत्सव सुरु हनेछ । सोही स्थानमा नगर दर्शन विधि गरिने जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिए । भोली दोस्रो दिन फूलवारी लिला मनाइन्छ । त्यस्तै पर्सी तेस्रो दिन धनुषायज्ञ गरिन्छ चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठ एव विवाहपञ्चमीको मूल दिन स्वयम्बर र शुभ विवाह र सातौँ दिन राम कलेवा गरिन्छ । राम कलेवामा जनतीको रुपमा अयोध्याबाट आएका साधु सन्तहरुलाई ५६ व्यञ्जन खुवाई विदाई गरीन्छ।

प्राचीन मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव धुमाधामका साथ मनाइने गरिन्छ । विवाहपञ्चमी हेर्न नेपालसहित भारतबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन् । प्राचिनकालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथको जेठा छोरा रामसँग भएको स्मरणमा विवाहपञ्चमी मनाइने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इप्पान सरोकारवाला होइन साझेदार निकाय हो : ऊर्जामन्त्री श्रेष्ठ
इप्पान सरोकारवाला होइन साझेदार निकाय हो : ऊर्जामन्त्री श्रेष्ठ
बलात्कारको अभियोगमा दुई जना पक्राउ
बलात्कारको अभियोगमा दुई जना पक्राउ
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न गोरखापत्र नेतृत्वलाई निर्देशन
बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
बालेनले राखे आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा
बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब
बागमतीको बजेट ६६ अर्ब ९३ करोड, भौतिक मन्त्रालयलाई साढे २५ अर्ब
आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसमः केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरत थापा ५० लाख धरौटीमा रिहा
प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति
प्रस्तावित १७ राजदूतबारे निर्णय गर्दै सुनुवाइ समिति
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धि