जनकपुरधामको पर्यटकीय विकासमा मधेश सरकारकाे चासाे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १, २०८१
|
|
३८ पटक हेरिएको
Shares
जनकपुरधामको पर्यटकीय विकासमा मधेश सरकारकाे चासाे

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार बिहान तेलहालगायत जानकी वरपरका सरोवर अवलोकनपछि जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आध्यात्मिक आनन्द तथा मनोरम अनुभूतिका लागि पोखरीमा पानी फोहोरासँगै विभिन्न धार्मिक घटनामा आधारित सन्देश प्रवाहित हुने डिजिटल लाइटिङ्ग गर्न प्रदेश सरकारले पूर्वाधार तयार गर्न सहयोग गर्ने बताए ।
  • उनले धार्मिक नगरी जनकपुरधाममा पर्यटक आकर्षित गर्ने छनोटमा आधारित विकल्पहरू भए पर्यटकको बसाइअवधि लम्बिने तथा धार्मिक एवम् पुरातात्त्विक महत्वका धरोहरहरूको संरक्षण तथा संवर्द्धन हुने उल्लेख गरे ।
  • जानकी मन्दिरको उत्तरपट्टि रहेको अतिक्रमित तेलहा पोखरीको केही समयअघि उद्धार गरी पोखरीको चारै डिलमा पक्की घाटलगायतको संरचना निर्माण गरिएको थियो ।

१ भदौ , धनुषा —जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्वको तेलहा पोखरीमा फाउन्टेन (पानी फोहोरा) सँगै डिजिटल लाइटिङ तथा पोखरी डिलमा व्यवस्थित विश्रामस्थल निर्माण हुने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिबार बिहान तेलहालगायत जानकी वरपरका सरोवर अवलोकनपछि जनकपुरधाममा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आध्यात्मिक आनन्द तथा मनोरम अनुभूतिका लागि पोखरीमा पानी फोहोरासँगै विभिन्न धार्मिक घटनामा आधारित सन्देश प्रवाहित हुने डिजिटल लाइटिङ्ग गर्न प्रदेश सरकारले पूर्वाधार तयार गर्न सहयोग गर्ने बताए । उनले धार्मिक नगरी जनकपुरधाममा पर्यटक आकर्षित गर्ने छनोटमा आधारित विकल्पहरू भए पर्यटकको बसाइअवधि लम्बिने तथा धार्मिक एवम् पुरातात्त्विक महत्वका धरोहरहरूको संरक्षण तथा संवर्द्धन हुने उल्लेख गरे । जानकी मन्दिरको उत्तरपट्टि रहेको अतिक्रमित तेलहा पोखरीको केही समयअघि उद्धार गरी पोखरीको चारै डिलमा पक्की घाटलगायतको संरचना निर्माण गरिएको थियो । मुख्यमन्त्री सिंहले तेलहा धार्मिक आख्यानमा आधारित पोखरीको सौन्दर्यीकरणका लागि स्थानीय तहसँग समन्वय गरिने पनि बताए । मुख्यमन्त्री सिंहले त्यसअघि आजै बिहान अङ्गराजसर (अरगजा पोखरी) को अवलोकन गरी पोखरीको दक्षिणी डिलमा वृक्षरोपण गर्न साथमै रहेका धनुषाका डिभिजनल वन अधिकृत(डिएफओ) बेचन चौधरीलाई निर्देशन दिएका छन् । उनले छठ घाटका रूपमा प्रयोग गर्न असुविधा नहुनेगरी अरगजा पोखरीको डिलमा गुलमोहरको वृक्ष रोप्न डिफओ चौधरीलाई निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहले पोखरीको दक्षिणी डिलमा पन्ध्र मिटरको दुरीमा लस्करै गुलमोहरको रूख रोपिए केही वर्षभित्र रूख र फुलको संयोगले पोखरी क्षेत्रको आकर्षण हवात्तै बढ्ने बताए । मुख्यमन्त्री सिंहको निर्देशनअनुसार डिएफओ चौधरीले वृक्षरोपणका लागि समन्वयसहितको काम आजै अघि बढाएका छन् । आइतबार साँझसम्म वृक्षरोपण सकिसक्ने जिल्ला वन अधिकृत चौधरीले बताए । मुख्यमन्त्री सिंहले अरगजा पोखरीमा पालन भएको माछालाई आहार पनि खुवाएका छन् । पोखरी दर्शनका लागि जानेहरूले त्यहाँ पालिएका माछालाई आहाराका रूपमा भुजा(मुरही) र सोयाबिन खुवाउने गरेका छन् । सोयाबिनले माछा मर्न थालेपछि भने केही समययता त्यसमा रोक लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१५ लाखभन्दा बढी विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति
१५ लाखभन्दा बढी विद्यार्थीलाई ७ अर्बको छात्रवृत्ति
ह्वाइट हाउस नजिकै गोलीबारी हुँदा गो*ली लागेकी सैनिकको मृ*त्यु
ह्वाइट हाउस नजिकै गोलीबारी हुँदा गो*ली लागेकी सैनिकको मृ*त्यु
सुर्खेतको काँक्रेविहार जंगलमा मृ*त भेटिए युवायुवती
सुर्खेतको काँक्रेविहार जंगलमा मृ*त भेटिए युवायुवती
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि
जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि
रविलाई ९ दिन हिरासत म्याद थप गर्न माग
रविलाई ९ दिन हिरासत म्याद थप गर्न माग
बिजुलीको महसुल घटाउने तयारी, प्राधिकरणमा बैठक बस्दै
बिजुलीको महसुल घटाउने तयारी, प्राधिकरणमा बैठक बस्दै
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
सिराहा–४ मा रास्वपाका तपेश्वर यादवको शानदार विजय
मलेसियाको रोजगारीमा सिन्डिकेट : २५ म्यानपावरमाथि छानबिन गर्दै सरकार, २५० लाई स्पष्टीकरण
मलेसियाको रोजगारीमा सिन्डिकेट : २५ म्यानपावरमाथि छानबिन गर्दै सरकार, २५० लाई स्पष्टीकरण
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या
तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै ६ लाख सुपारी दिएर सिटी सफारी चालकको ह*त्या