गोदाममा १ लाख टन बढी मल, किसानलाई अभाव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २१, २०८१
|
|
१८ पटक हेरिएको
Shares
गोदाममा १ लाख टन बढी मल, किसानलाई अभाव

सारांश

  • काभ्रे भुम्लु गाउँपालिकाका किसान श्यामकृष्ण श्रेष्ठलाई मल अभाव छ ।
  • सहकारीमा मल माग्न जाँदा पाउने अवस्था छैन ।
  • ‘अब हिउँदे बाली, नगदे बाली लगाउने बेला भयो तर मल छैन ।

 

२१ मंसिर, काठमाडौं । काभ्रे भुम्लु गाउँपालिकाका किसान श्यामकृष्ण श्रेष्ठलाई मल अभाव छ । सहकारीमा मल माग्न जाँदा पाउने अवस्था छैन । ‘अब हिउँदे बाली, नगदे बाली लगाउने बेला भयो तर मल छैन । समाचारमा मल टन्न छ भन्ने सुनिन्छ, यहाँ मल पाउन मारामार गर्नुपर्ने स्थिति छ,’ श्रेष्ठ भन्छन् । तर, अहिले यो समस्या श्रेष्ठमात्र होइन, मकवानपुर मनहरी गाउँपालिका रजैयाँकी किसान सानुमाया मोक्तानको पनि हो । ‘मल त अहिलेसम्म कहिले पनि सजिलोसँग पाएको थाहा छैन, झन् कोटा तोकेको छ,’ मोक्तान भन्छिन् ।

नागरिकता देखाएर एक घरलाई एक बोरा मल पाउनु नै ठूलो भाग्य भएको उनी बताउँछिन् । मकवानपुरकै भीमफेदी गाउँपालिकामा पनि मलका लागि वडा र सहकारीले कोटा तोकेको छ । कोटा अनुसार नै मल लिनेपरेको स्थानीय किसान शरद बर्तौला बताउँछन् । किसानले मल पाउन भोगिरहेको समस्याका यी केही प्रतिनिधि उदाहरण हुन् । यी समस्या देशभरिका किसानलाई छ । मलको समस्या आजको मात्रै नभई वर्षौंदेखिको हो । अनुगमन नहुँदा किसानलाई समस्या सरकारले सन्तुलित वितरण अनुगमन नगर्दा किसानलाई समस्या भइरहेको अगुवा कृषक बताउँछन् । ‘गोदामबाट पनि मल गइरहेको छ, गोदाममा पनि मल छ तर किसानले पाउन मुस्किल भइरहेको छ । यसको कारण प्रभावकारी अनुगमन भएन,’ राष्ट्रिय कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारी भन्छन् ।

उनले मलका लागि स्थानीय तहले नै खपत आधार र त्यसको परिणाममा अनुगमन गर्नुपर्ने बताए । सरकारले अब रासायनिक मलको विकल्पमा जैविक मल प्रयोग गर्न किसानलाई प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् । ‘कृषिको आधा बजेट रासायनिक मलमा हाल्दा पनि सधैं हाहाकार हुन्छ, अब जैविकलाई विकल्पमा लिएर किसानलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘त्यसबापत सरकारले किसानलाई सहयोग उपलब्ध गराउनुपर्छ । यसो गर्दा माटो, देशको आर्थिक अवस्था र उपभोक्तालाई पनि फाइदा हुनेछ ।’ कृषि मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ मल अभाव विषयलाई लिएर मन्त्रालयले सुधारको कम गरिहेको बताए । ‘हामीले मल वितरण प्रणालीमा सुधार गर्न निर्देशिका संशोधन गरिरहेका छौं । यो निर्देशिका सुधार भएपछि अहिले जस्तो समस्या आउँदैन,’ श्रेष्ठले भने ।

उनले निर्देशिका अर्थ र कानुन मन्त्रालयको सहमति लिएर मन्त्रिपरिषद् पठाउनुपर्ने बताए ।  यस्तै अहिले मल वितरणको कोटा नमिल्दा सुधार गर्न खोजिरहेको बताए । अहिले कोशी र मधेश प्रदेशका केही स्थानमा मल अभाव हुँदा, कर्णालीको पहाडी भेगमा मल अभाव छैन, त्यहाँको मलको कोटा काटेर  त्यता पठाउँदै छौं । यसरी कोटामा पनि सुधार गर्ने काम भइरहेको छ,’ श्रेष्ठ भन्छन् । उनका अनुसार पहाडमा मलको कोटा बाँकी हुँदा पनि मल नगइरहेको र तराईमा कोटा सकिँदा पनि किसानले पाएका छैनन् । यो वितरण प्रणालीमा भइरहेको ग्याप हो । प्रदेश कृषि सचिवको नेतृत्वमा भएको समितिले खेतीयोग्य जमिन, बाली उपलब्धता, सिँचाइ उपलब्धता र गत वर्ष भएको मल खपतका आधारमा कोटा निर्धारण हुने गर्छ ।

के छ मलको अवस्था ?

गत आर्थिक वर्षको मौज्दात सहित अहिले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनी लिमिटेड दुवैमा गरी १७ मंसिरसम्म १ लाख १५ हजार ३ सय १२ टन मल मौज्दात छ । साल्ट ट्रेडिङसँग २६ हजार १ सय ७४ टन र कृषि सामग्रीसँग ८९ हजार १ सय ३८ टन मौज्दात छ । दुई कम्पनी गरी युरिया ७८ हजार ८ सय २२, डीएपी २९ हजार ५ सय २२ र पोटास ६ हजार ९ सय ६७ टन मौज्दात छ । चालु आव ५ लाख ५० हजार टन मल ल्याउने लक्ष्य लिएको सरकारले साउनयता २ लाख ७ हजार १ सय ७५ टन मल आयात गरिसकेको छ । कृषि सामग्रीले १ लाख ७८ हजार ४ सय २९ टन मल ल्याएको छ भने साल्ट ट्रेडिङले २८ हजार ७ सय ४५ टन आयात गरेको छ । गत वर्षको मौज्दात सहित यो वर्ष दुई कम्पनीले १ लाख ९७ हजार १ टन मल बिक्री गरिसकेको छ । कृषि सामग्रीले १ लाख ५० हजार २ सय २३ टन र साल्ट ट्रेडिङले ४७ हजार ४ सय ७ टन मल बिक्री गरेको हो । दुवै कम्पनी गरी युरिया १ लाख २९ हजार २० टन, डीएपी ५६ हजार ८ सय २२ र पोटास ११ हजार ७ सय ८८ टन बिक्री गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशैभरका निजी विद्यालयले बस र्याली  गर्दै, यस्तो छ रूट निर्धारण
आज देशैभरका निजी विद्यालयले बस र्याली  गर्दै, यस्तो छ रूट निर्धारण
कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल
कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल
बुल्दीखोलामा पुल निर्माण
बुल्दीखोलामा पुल निर्माण
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत
सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड
सुन अनुसन्धान टोलीले पाएन विमानस्थलको ३ महिनाको सीसी टीभी रेकर्ड
पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु
पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात  
काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात  
वीरगञ्जको कर्फ्यु ११ घण्टाका लागि हट्यो
वीरगञ्जको कर्फ्यु ११ घण्टाका लागि हट्यो
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै