०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २८, २०८२
|
|
२६ पटक हेरिएको
Shares
०८४ को निर्वाचनसम्म यही समीकरण अघि बढ्छ : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण कायम रहने दाबी गरेका छन् ।
  • बुधबार प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
  • राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

२८ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण कायम रहने दाबी गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो,’ उनले भनेका छन् ।

तर, विपक्षी दलहरूलाई किन स्थिरता अप्रिय लागेको ? भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे । ‘तर, विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो ? प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन् । सरकार बनाउने संसद्को गणितले हो,’ प्रधानमन्त्री ओलीले भने, ‘बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण के-का लागि ?’ अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही समीकरण रहने उनले दाबी गरे ।

‘देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन । म सबैलाई स्पष्ट पार्न चाहन्छु,  अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?