सवारी दुर्घटनामा चार जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष १४, २०८१
|
|
२६ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा चार जनाको मृत्यु

सारांश

  • सर्लाही, ईश्वरपुर नगरपालिका-७ बयलबास बबरगंजस्थित सडकमा बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल र ना.
  • ३९ प ७१६८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा ना.
  • ३९ प ७१६८ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-१० बस्ने ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको छ ।

१४ पुस,  काठमाडौं। सर्लाही, ईश्वरपुर नगरपालिका-७ बयलबास बबरगंजस्थित सडकमा बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल र ना.३९ प ७१६८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा ना.३९ प ७१६८ नम्बरको मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-१० बस्ने ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिद्धिबिनायक अस्पताल बयलबास हुँदै प्रादेशिक अस्पताल मलंगवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बीआर ३० एफ ८८५६ नम्बरको मोटरसाइकल चालकको सिद्धिबिनायक अस्पताल बयलबासमा उपचार भइरहेको छ । ललितपुर, गोदावरी नगरपालिका-१० टाखेलस्थित सडकमा ना.१ क ५९१३ नम्बरको जेसिवीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१० मुलडोल बस्ने ५६ वर्षीय मंगल तामाङको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । जेसिवी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सल्यान, कुमाख गाउँपालिका-३ मिलन चोकस्थित सडकमा रागेचौरदेखि चौरजहारीतर्फ जाँदै गरेको रा.१ त २८५९ नम्बरको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-३ बस्ने २२ वर्षीय दिपक बुढाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख, महाबु गाउँपालिका-२ डुङ्ररीस्थित सडकमा खरीगैराबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२-००१ ख १०२६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ डुङ्री बस्ने ७८ वर्षीया भद्रकला गुरूङको मृत्यु भएको छ । गाडीले शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते ‌भएकी उनको जिल्ला अस्पताल दैलेख हुँदै भारतको लखनउमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
गाजाको ७० प्रतिशत भूभाग कब्जा गर्न नेतान्याहुको आदेश
नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
नेपाल चेम्बर र श्रीलङकाको निर्यात चेम्बरबीच वाणिज्य सहकार्यको सम्झौता
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
पानी संकटमा ट्यांकरमार्फत निःशुल्क पानी वितरण, स्थानीयलाई राहत
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते
भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
भारतको अहमदाबादमा २४२ यात्रु सवार एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त
जसपा सप्तरी अध्यक्ष पदमा केदार र उमेशको उम्मेदवारी
जसपा सप्तरी अध्यक्ष पदमा केदार र उमेशको उम्मेदवारी
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)