Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमाले महाधिवेशनमा उम्मेदवार नबन्ने अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
३८ पटक हेरिएको
Shares
एमाले महाधिवेशनमा उम्मेदवार नबन्ने अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको घोषणा

सारांश

  • नेकपा (एमाले)को एघरौँ महाधिवेशनमा उम्मेदवार नबन्ने उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले घोषणा गरेका छन्।
  •  महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि काठमाडौँको भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा शाक्य र ज्ञवालीले उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।
  • केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष शाक्यले भनिन्, ‘अब म यो ११औं महाधिवेशन लड्दिनँ, कुनै पनि उम्मेदवार हुन्न।

 

२८ मंसिर, काठमाडौं ।

नेकपा (एमाले)को एघरौँ महाधिवेशनमा उम्मेदवार नबन्ने उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले घोषणा गरेका छन्। महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि काठमाडौँको भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा शाक्य र ज्ञवालीले उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष शाक्यले भनिन्, ‘अब म यो ११औं महाधिवेशन लड्दिनँ, कुनै पनि उम्मेदवार हुन्न।’

उपाध्यक्ष शाक्यले आफू ७० वर्ष पुगेकाले उम्मेदवार नबन्ने बताएकी हुन्। उनी ७० वर्षे उमेरहदको पक्षमा छिन्। यसअघि एमालेको विधानमा ७० वर्षे उमेरहद राखेको थियो। तर, अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटक अध्यक्षको उम्मेदवार बन्द उमेरहद हटाएका थिए।  त्यस्तै, अर्का उपाध्यक्ष ज्ञवालीले पनि ७० वर्ष नाघेकाले महाधिवेशनमा उम्मेदवार नबन्ने बताए। केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले भने, ‘म ७० वर्ष पुगेँ, अब फेरि चुनाव उठ्दिनँ।’  उनी पनि ७० वर्षे उमेरहदका पक्षमा छन्। उमेरहद लगाउँदा पार्टीमा पुस्तान्तरण गर्न सजिलो हुने उनको मत छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी विद्यालयको आन्दोलनका थप कार्यक्रम घोषणा, अरू २ संगठन पनि मिसिए
निजी विद्यालयको आन्दोलनका थप कार्यक्रम घोषणा, अरू २ संगठन पनि मिसिए
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम
चार्जिङ सेन्टरमा राखेको माइक्रोबस बनस्थलीबाट चोरी, एक पक्राउ
चार्जिङ सेन्टरमा राखेको माइक्रोबस बनस्थलीबाट चोरी, एक पक्राउ
फ्लाई दुबई घटना : च*क्कु प्रहारबाट घाइते पाइलट स्मितको स्वास्थ्य अवस्था स्थिर
फ्लाई दुबई घटना : च*क्कु प्रहारबाट घाइते पाइलट स्मितको स्वास्थ्य अवस्था स्थिर
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत
कांग्रेसको स्वयंसेवक परिचालन उपसमितिमा ५ सदस्य मनोनीत
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
बिमा कार्यक्रम संकटमा परेपछि कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित
शिक्षक बढुवा तीन प्रकारले गर्ने प्रस्ताव पारित
ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो
ललितपुरको टिकाथलीमा बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्कियो
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ
व्यक्ति हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ