एमाले महाधिवेशनमा उम्मेदवार नबन्ने अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
३० पटक हेरिएको
Shares
एमाले महाधिवेशनमा उम्मेदवार नबन्ने अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको घोषणा

सारांश

  • नेकपा (एमाले)को एघरौँ महाधिवेशनमा उम्मेदवार नबन्ने उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले घोषणा गरेका छन्।
  •  महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि काठमाडौँको भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा शाक्य र ज्ञवालीले उम्मेदवार नबन्ने घोषणा गरेका हुन्।
  • केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष शाक्यले भनिन्, ‘अब म यो ११औं महाधिवेशन लड्दिनँ, कुनै पनि उम्मेदवार हुन्न।

२८ मंसिर, काठमाडौं ।

नेकपा (एमाले)को एघरौँ महाधिवेशनमा उम्मेदवार नबन्ने उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले घोषणा गरेका छन्। महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि काठमाडौँको भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा शाक्य र ज्ञवालीले उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष शाक्यले भनिन्, ‘अब म यो ११औं महाधिवेशन लड्दिनँ, कुनै पनि उम्मेदवार हुन्न।’

उपाध्यक्ष शाक्यले आफू ७० वर्ष पुगेकाले उम्मेदवार नबन्ने बताएकी हुन्। उनी ७० वर्षे उमेरहदको पक्षमा छिन्। यसअघि एमालेको विधानमा ७० वर्षे उमेरहद राखेको थियो। तर, अध्यक्ष केपी शर्मा ओलीले तेस्रो पटक अध्यक्षको उम्मेदवार बन्द उमेरहद हटाएका थिए।  त्यस्तै, अर्का उपाध्यक्ष ज्ञवालीले पनि ७० वर्ष नाघेकाले महाधिवेशनमा उम्मेदवार नबन्ने बताए। केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले भने, ‘म ७० वर्ष पुगेँ, अब फेरि चुनाव उठ्दिनँ।’  उनी पनि ७० वर्षे उमेरहदका पक्षमा छन्। उमेरहद लगाउँदा पार्टीमा पुस्तान्तरण गर्न सजिलो हुने उनको मत छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाका मन्त्रीहरुले राजीनामा दिदै
रास्वपाका मन्त्रीहरुले राजीनामा दिदै
गगन थापाको घर अगाडि ढुंगामुढा
गगन थापाको घर अगाडि ढुंगामुढा
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला
एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला
संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै
संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै
कपिलवस्तुमा चैते धान खेती सुरु
कपिलवस्तुमा चैते धान खेती सुरु
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै केपी ओलीविरुद्ध बानेश्वर प्रहरीमा जाहेरी
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
देशको विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्णः अर्थमन्त्री पौडेल
देशको विकासमा स्रोत व्यवस्थापनको विषय चुनौतीपूर्णः अर्थमन्त्री पौडेल
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची