फ्लाई दुबई घटना : च*क्कु प्रहारबाट घाइते पाइलट स्मितको स्वास्थ्य अवस्था स्थिर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १५, २०८३
|
|
१८१ पटक हेरिएको
Shares
फ्लाई दुबई घटना : च*क्कु प्रहारबाट घाइते पाइलट स्मितको स्वास्थ्य अवस्था स्थिर

सारांश

  • फ्लाई दुबईको उडानका क्रममा चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलट स्मित मच्छरको स्वास्थ्य अवस्था स्थिर रहेको साउदी अरबस्थित भारतीय दूतावासले जनाएको छ।
  • दूतावासका अनुसार मच्छरलाई उत्तरपश्चिमी साउदी अरबको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको छ।
  • उनको आवश्यक उपचार भइरहेको र स्वास्थ्य अवस्थाबारे थप विवरणको प्रतीक्षा भइरहेको दूतावासले जनाएको छ।

१५ असोज, काठमाडौं । फ्लाई दुबईको उडानका क्रममा चक्कु प्रहारबाट घाइते भएका भारतीय पाइलट स्मित मच्छरको स्वास्थ्य अवस्था स्थिर रहेको साउदी अरबस्थित भारतीय दूतावासले जनाएको छ।

दूतावासका अनुसार मच्छरलाई उत्तरपश्चिमी साउदी अरबको ताबुकस्थित अस्पतालमा भर्ना गरिएको छ।

उनको आवश्यक उपचार भइरहेको र स्वास्थ्य अवस्थाबारे थप विवरणको प्रतीक्षा भइरहेको दूतावासले जनाएको छ।

दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत मच्छरको स्वास्थ्य अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ।

साथै, उनको परिवारसँग सम्पर्कमा रहेको र साउदी अधिकारीहरूसँग समन्वय गरी उपचारका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाइलट स्मित मच्छरको प्रशंसा गर्दै उनलाई ‘हिरो’ भनेका थिए।

बुधबार दुबईबाट इजरायलको तेल अभिवका लागि उडेको फ्लाई दुबईको विमान उडेको करिब दुई घण्टापछि साउदी अरबतर्फ मोडिएर अवतरण गरेको थियो।

विमानको ककपिटमै एक पाइलटले अर्का पाइलटमाथि चक्कुले आक्रमण गरेको बताइएको छ।

चक्कु प्रहारमा घाइते भएका पाइलट भारतीय नागरिक स्मित मच्छर हुन्।

घटनाको कारण वा आक्रमणको उद्देश्यबारे भने अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
कर्णाली राजमार्ग जुम्ला खण्डमा सुख्खा पहिरो, तीन घण्टा देखि यातायात सेवा ठप्प
कपिलवस्तुमा चैते धान खेती सुरु
कपिलवस्तुमा चैते धान खेती सुरु
विश्व रङ्गमञ्च दिवस : अभिनयका लागि रङ्गमञ्च
विश्व रङ्गमञ्च दिवस : अभिनयका लागि रङ्गमञ्च
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस
आलमलाई सफाइ दिने उच्चका दुई न्यायाधीशलाई झिकाउन न्याय परिषद्को सिफारिस
समितिमा मन्त्री नआएपछि सांसदहरुको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ
समितिमा मन्त्री नआएपछि सांसदहरुको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
भोलिको संसद् बैठकमा उपस्थित हुन सांसदहरूलाई एमालेको पनि ह्विप
मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार गर्ने दुई जना पक्राउ 
पाँच पूर्वमन्त्रीलाई पराजित गरेका तपेश्वर मन्त्री बन्ने चर्चामा
पाँच पूर्वमन्त्रीलाई पराजित गरेका तपेश्वर मन्त्री बन्ने चर्चामा