संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
संसद्लाई सरकारको पत्र : कानुन विपरीतका सबै सुविधा फिर्ता गराउनू

सारांश

  • सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ ।
  • अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको छ ।
  • यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो ।

१३ असोज, काठमाडौं ।

सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको छ । यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न भनेर अर्थ मन्त्रालयले संघीय संसद् सचिवालयलाई पत्र लेखेको हो । प्रचलित कानुनमा उल्लेख भएका बमोजिम बाहेक सेवा सुविधा उपब्ध गराइएको भए त्यस्ता सावरी साधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्न भनिएको छ ।

सरकारको निर्णय लगत्तै समाचार प्रकाशित भएपछि राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेशप्रसा तिमिल्सिनाले गाडी फिर्ता गरेका छन् । पूर्वसभामुखद्धय ओनसरी घर्तीमगर र पूर्वसभामुख कृष्णबहादुर महराले पनि गाडीसहितका सुविधा फिर्ता गरेका छन् । अब बाँकीका हकमा समेत फिर्ता गराउनका लागि बाटो खुलेको संसद् सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको नेतृत्वको सचिवालयमा रहेका सहसचिवस्तरका व्यक्तिले समेत गाडी सुविधा लिइरहेका छन् । अब कानुन विपरीतका सेवा सुविधा फिर्ता गराउनका लागि सरकारको पत्र प्राप्त भएकाले त्यसअनुसार आवश्यक कदम चालिने संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
पाकिस्तानको लाहोर विश्वको दोस्रो प्रदूषित सहर
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
रवि लामिछानेको प्रश्न : हामी सांसदले भनेका कुरा त यो सरकारले सुन्दैन भने जनताले भनेको के सुन्छ ?
एसिया कप: आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै
एसिया कप: आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला
आईसीसी यु१९ महिला विश्वकपको अभ्यास खेलमा नेपालले टस हार्यो
आईसीसी यु१९ महिला विश्वकपको अभ्यास खेलमा नेपालले टस हार्यो
रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु
रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
रवि लामिछाने तारिख बुझ्न कास्कीमा
रवि लामिछाने तारिख बुझ्न कास्कीमा