रामेछापमा स्रोत नखुलेको १५ लाख नगद सहित चार जना प्रहरी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
रामेछापमा स्रोत नखुलेको १५ लाख नगद सहित चार जना प्रहरी नियन्त्रणमा

सारांश

  • सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
  • नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मङ्गलबार दिउँसो करिब २ः१० बजे मदन भण्डारी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा.

२६ कात्तिक, रामेछाप

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मङ्गलबार दिउँसो करिब २ः१० बजे मदन भण्डारी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको किया कम्पनीको सानो कार नियमित जाँचका प्रहरी चौकी झनझनेका वरिष्ठ प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले गाडीको पछाडिको टायरभित्र लुकाइराखिएको नगद फेला पारेको जनाएको छ ।

उक्त गाडीका चालक काठमाडौं महानगरपालिका–३१ का २५ वर्षीय आदिल हमिद रहेका छन् । उनीसँगै सोही गाडीमा बस्ने २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका–२ का ७३ वर्षीय चन्द्रमान योञ्जन, र करिब ३२ वर्षीय चिनियाँ नागरिक सियोङ च्याङगे (ह्ष्यलन ऋजबलनथभ) समेत सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोट हुँदै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएको जनाएको छ ।

बरामद गरिएको करिब १५ लाख रुपैयाँ नगदको स्रोतबारे सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ । सो रकम कसको हो, किन र कहाँ लैजाँदै गरिएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट खुल्न सकेको छैन । प्रहरीले उक्त रकमसँग सम्बन्धित बैंकिङ विवरण, कारोबार अभिलेख तथा अन्य कागजातहरूको विवरण माग गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार रकम काठमाडौंतर्फ लैजाँदै गरिएको भए पनि यसको उद्देश्य र स्वामित्वबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्यप्रकाश सुवेदीका अनुसार स्रोत नखुलेको ठूला रकमसम्बन्धी प्रकरणमा हाल आर्थिक अपराध महाशाखासँग पनि समन्वय भइरहेको छ । ‘आवश्यक प्रमाण संकलनपछि कानूनी प्रक्रिया अघि बढाइनेछ,’डीएसपी सुवेदीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
गुणस्तरीय स्वास्थ्य-शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
शिक्षा मन्त्रीको राजीनामासँग कुनै सम्झौता हुँदैन : कक्रोच जनता पार्टी
खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्छौं : कुलमान घिसिङ
खबरदारी गर्दै रचनात्मक भूमिका निर्वाह गर्छौं : कुलमान घिसिङ
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
राष्ट्रिय मुक्ति पार्टीले सर्लाहीका चारै क्षेत्रबाट पठायो उम्मेदवारको सूची
देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्, मेयर बालेन शाह
देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्, मेयर बालेन शाह
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा, शुक्रबार उद्घाटन
देउवाको स्वास्थ्य सुधारोन्मुख, टाउकोमा १२ वटा टाँका
देउवाको स्वास्थ्य सुधारोन्मुख, टाउकोमा १२ वटा टाँका
इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी
इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको चेतावनी
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणद्वारा तीन कम्पनीको अनुमतिपत्र खारेज