Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रामेछापमा स्रोत नखुलेको १५ लाख नगद सहित चार जना प्रहरी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
३९ पटक हेरिएको
Shares
रामेछापमा स्रोत नखुलेको १५ लाख नगद सहित चार जना प्रहरी नियन्त्रणमा

सारांश

  • सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
  • नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मङ्गलबार दिउँसो करिब २ः१० बजे मदन भण्डारी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा.

२६ कात्तिक, रामेछाप ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मङ्गलबार दिउँसो करिब २ः१० बजे मदन भण्डारी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको किया कम्पनीको सानो कार नियमित जाँचका प्रहरी चौकी झनझनेका वरिष्ठ प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले गाडीको पछाडिको टायरभित्र लुकाइराखिएको नगद फेला पारेको जनाएको छ ।

उक्त गाडीका चालक काठमाडौं महानगरपालिका–३१ का २५ वर्षीय आदिल हमिद रहेका छन् । उनीसँगै सोही गाडीमा बस्ने २१ वर्षीय आमी अमिद, रौतहट गुजरा नगरपालिका–२ का ७३ वर्षीय चन्द्रमान योञ्जन, र करिब ३२ वर्षीय चिनियाँ नागरिक सियोङ च्याङगे (ह्ष्यलन ऋजबलनथभ) समेत सवार रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोट हुँदै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याएको जनाएको छ ।

बरामद गरिएको करिब १५ लाख रुपैयाँ नगदको स्रोतबारे सोधपुछ सुरु गरिएको प्रहरीले जनाएको छ । सो रकम कसको हो, किन र कहाँ लैजाँदै गरिएको हो भन्नेबारे अहिलेसम्म स्पष्ट खुल्न सकेको छैन । प्रहरीले उक्त रकमसँग सम्बन्धित बैंकिङ विवरण, कारोबार अभिलेख तथा अन्य कागजातहरूको विवरण माग गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार रकम काठमाडौंतर्फ लैजाँदै गरिएको भए पनि यसको उद्देश्य र स्वामित्वबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्यप्रकाश सुवेदीका अनुसार स्रोत नखुलेको ठूला रकमसम्बन्धी प्रकरणमा हाल आर्थिक अपराध महाशाखासँग पनि समन्वय भइरहेको छ । ‘आवश्यक प्रमाण संकलनपछि कानूनी प्रक्रिया अघि बढाइनेछ,’डीएसपी सुवेदीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने
सुर्खेत विमानस्थल मर्मतको काम सकियो, शनिबारदेखि सुचारु हुने
पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग
पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग
विरोधीहरू एमाले र कांग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली
विरोधीहरू एमाले र कांग्रेसको सहकार्य भड्काउने खेलमा छन्ः प्रधानमन्त्री ओली
गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो
गृहमन्त्रीको चेतावनी- बकबक गर्नेहरू ‘कन्फ्युजनमा’ नपरुन् यो क्रान्तिपछि बनेको सरकार हो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै
आज रास्वपाको राजनीतिक समायोजन सभा हुँदै
२ दिनमा ८८ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदीको मूल्य पनि उकालो
२ दिनमा ८८ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदीको मूल्य पनि उकालो
नक्कली लाइसेन्स बिक्री प्रकरणमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
नक्कली लाइसेन्स बिक्री प्रकरणमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ
भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ