उर्लाबारी आगलागी: मृतकको संख्या ५ पुग्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर १२, २०८०
|
|
२५ पटक हेरिएको
Shares
उर्लाबारी आगलागी: मृतकको संख्या ५ पुग्यो

सारांश

  • मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
  • २६ कात्तिकमा उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो ।
  • आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए ।

१२ मंसिर, विराटनगर । मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

२६ कात्तिकमा उर्लाबारी नगरपालिका ७ को सुनपसलमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । आगो निभाउने क्रममा सिलिण्डर विस्फोट हुँदा चार प्रहरीसहित २८ जना घाइते भएका थिए । प्रहरीका अनुसार सोमबार राति उर्लाबारी नगरपालिका-७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा मृत्यु भएको हो । काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । योसँगै सो घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

यसअघि उर्लाबारी ७ कै  ६८ वर्षीय रुकुमबहादुर कार्की, ४२ वर्षीय कुमार तामाङ, ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको मृत्यु भएको थियो । २६ कात्तिक लक्ष्मीपूजाको दिन राति साढे १० बजे उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो । आगलागी नियन्त्रणमा लिने प्रयास गरिररहेका बेला ग्यास सिलिण्डर विष्फोट भएको थियो । सो घटनामा चार प्रहरीसहित २८ जना स्थानीय घाइते भएका थिए । घाइते मध्ये सात जनाको अवस्था गम्भीर थियो । आगलागीबाट साढे तीन करोड बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प
रूसमा ८.८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प
मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै
मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै
काठमाडौं अदालतमा रवि लामिछानेको बयान
काठमाडौं अदालतमा रवि लामिछानेको बयान
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
‘शून्य बाँकी फाइल अभियान’ चैत ३० देखि वैशाख ७ सम्म सञ्चालन हुने
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने
स्वास्थ्य सेवामा डॉ. सचिन यादवको अविस्मरणीय योगदान
स्वास्थ्य सेवामा डॉ. सचिन यादवको अविस्मरणीय योगदान
सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
सिराहा र धनुषा जोड्ने कमला पुलको बाँकी काम हुँदै, चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य
सिन्धुलीमा सवारी दुर्घटनाः एक युकको मृत्यु, एक गम्भीर
सिन्धुलीमा सवारी दुर्घटनाः एक युकको मृत्यु, एक गम्भीर
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
प्रशासन र व्यवसायीबीच ४ बुँदे सहमति पछि जनकपुरधाममा जारी व्यापारीहरुको आन्दोलन स्थगित
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने