Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

किसानका लागि खरिद गरिएको सामग्री गोदाममै थन्कियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
४३ पटक हेरिएको
Shares
किसानका लागि खरिद गरिएको सामग्री गोदाममै थन्कियो

सारांश

  •   राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड केन्द्रिय कार्यालयले उद्योग तथा बाणिज्य मन्त्रालय अन्तर्गत इआइएम कार्यक्रम अन्तर्गत निस्टेप परियोजनामार्फत बोर्डबाट  ट्रेडमार्क पाएका इलामका तीन हजार नौसय किसानलाई बिवतरण गर्न खरिद गरिएको सुरक्षा सामग्री एक बर्षदेखि बितरण नगरी चिया बिस्तार योजनाको गोदाममै थन्किएको हो ।
  •    बोर्डले बोलपत्र आह्वान गरी मिलन मल्टी इन्टरनेशनल सप्लायर्स काठमाडौं मार्फत एक बर्षअघि खरिद गरिएको तीन हजार नौसय थान रेनकोट, तीन हजार नौ सय थान गम्बुट र तीन हजार नौसय थान पञ्जाजस्ता सुरक्षा सामग्री नेपाल टी क्वालीटी फर्म द हिमालय ट्रेडमार्क पाएका २४ वटा उद्योग तथा सहकारीमा आवद्ध तीन हजार नौसय किसानलाई बिवरण गर्नेगरी खरिद गरिएको थियो ।
  • ठेक्का सम्झौता भएको मिलन मल्टी इन्टरनेशनल सप्लायर्स काठमाडौंले सुरुमा सामान स्पेसिफिकेशन (सम्झौता) अनुसारको नल्याएको भन्दै बोर्डले नापतौल तथा गुणस्तर बिभागबाट छानविन गरेको थियो ।

 

२ फागुन,  राष्ट्रिय चिया तथा कफी बिकास बोर्डले इलामको चिया किसानलाई बितरण गर्ने उद्देश्यले खरिद गरिएको ६१ लाख बढी मूल्यको सुरक्षा सामग्री एक बर्षदेखि राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड चिया बिस्तार योजना फिक्कलको गोदाममा थन्किएको छ ।  राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड केन्द्रिय कार्यालयले उद्योग तथा बाणिज्य मन्त्रालय अन्तर्गत इआइएम कार्यक्रम अन्तर्गत निस्टेप परियोजनामार्फत बोर्डबाट  ट्रेडमार्क पाएका इलामका तीन हजार नौसय किसानलाई

बिवतरण गर्न खरिद गरिएको सुरक्षा सामग्री एक बर्षदेखि बितरण नगरी चिया बिस्तार योजनाको गोदाममै थन्किएको हो ।   बोर्डले बोलपत्र आह्वान गरी मिलन मल्टी इन्टरनेशनल सप्लायर्स काठमाडौं मार्फत एक बर्षअघि खरिद गरिएको तीन हजार नौसय थान रेनकोट, तीन हजार नौ सय थान गम्बुट र तीन हजार नौसय थान पञ्जाजस्ता सुरक्षा सामग्री नेपाल टी क्वालीटी फर्म द हिमालय ट्रेडमार्क पाएका २४ वटा उद्योग तथा सहकारीमा आवद्ध तीन हजार नौसय किसानलाई बिवरण गर्नेगरी खरिद गरिएको थियो । ठेक्का सम्झौता भएको मिलन मल्टी इन्टरनेशनल सप्लायर्स काठमाडौंले सुरुमा सामान स्पेसिफिकेशन (सम्झौता) अनुसारको नल्याएको भन्दै बोर्डले नापतौल तथा गुणस्तर बिभागबाट छानविन गरेको थियो ।

बिभागले २०८१ जेठ २४ गते परीक्षण गर्न नसकिने भनी पत्र पठाएको थियो ।  बोर्डले सम्झौताअनुसारको सामान नभएको भनेकै भरमा सप्लायर्स कम्पनीले पहिलो पटकको सामान फिर्ता गरी दोस्रो पटक सम्झौताअनुसारको सामान ल्याएको कम्पनीका सञ्चालक मिलन लम्सालले बताउनुभयो ।  सप्लायर्सका सञ्चालक लम्सालले सम्झौता अनुसारकै सामान दिँदा पनि एक बर्षदेखि बोर्डले बिभिन्न बहाना बनाएर सामग्री बितरण नगरेको र सामान खरिदको भुक्तानी हालसम्म नदिएको जानकारी दिनुभयो ।  केन्द्रिय चिया सहकारी संघका महासचिव तथा निस्टेप परियोजना सामान खरिद प्राविधिक समितिका सदस्य रविन राईले टेक्निकल कुरा के नमिलेको आफुले थाहा नपाए पनि किसानका लागि खरिद गरिएको सामग्री किसानलाई बितरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्रक्रिया पुगाएर सामग्री बिवरण गर्नुपर्नेमा बोर्डले अलमल गर्दा किसानलाई समस्या भएको बताउनुभयो ।  राष्ट्रिय चिया तथा कफी बिकास बोर्डका निर्देशक तथा प्रवत्ता दिपक खनालले दोस्रो पटक खरिद भएको सामग्री कमसल भएका कारण वितरण हुन नसकेको बताउनुभयो । उहाँले रेनकोट सम्झौताअनुसारकै भए पनि गम्बुट र पञ्जा सम्झौताभन्दा फरक पाइएका कारण सामान वितरण गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही महिनाअघि नै बोर्डले भुक्तानी दिन नसक्ने भनेर निर्णय गरेको छ ।’  २०८१ जेठ १३ गते चिया बिस्तार आयोजना फिक्कलले सप्लायर्सबाट सामान बुझेको देखिन्छ । सप्लायर्स कम्पनीले भुक्तानी नपाएपछि भुक्तानीका लागि बोर्डमा पत्राचार गरेको थियो । तर, बोर्डले  जवाफमा २०८१ असार ११ गते भुक्तानी गर्न नसक्ने भनेर कम्पनीलाई पत्र पठाएको बोर्डले जनाएको छ ।

कम्पनीले ६१ लाख ७८ हजार नौसय ६४ रुपियाँ भुक्तानी पाउनुपर्ने जनाएको छ । बोर्ड र सप्लायर्सबिच आर्थिक लेनदेन नमिलेका कारण सामग्री बितरण नगरी भुक्तानी समेत नदिएको चिया उद्योगीको भनाइ छ । भुक्तानी नपाए पनि सप्लायर्स कम्पनीका लम्सालले उच्च अदालत पाटनमा सम्झौता र बिलअनुसारको रकम भुक्तानी माग गर्दै मुद्दा दर्ता गराउनुभयो ।  उच्च अदालत पाटनले २०८१ गते भदौमा उक्त मुद्दामा फैसला गर्दै अदालतको क्षेत्राधिकार बाहिरको भएको भन्दै निवेदकको रिट खारेज गरेको थियो । २०८० भदौ ३१ मा बोलपत्र बोर्डका तत्कालीन कार्यकारी निर्देशक डा. बिष्णुप्रसाद भट्टराईको संयोजकत्वमा रहेको समितिले सामान खरिदका लागि बोलपत्र आव्हान गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्छः प्रचण्ड
भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाको रूपमा स्मरण गर्नुपर्छः प्रचण्ड
केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल
केपी ओली अब एमालेको अध्यक्ष हुनुभयो, म पनि उपमहासचिव भएँ : विष्णु पौडेल
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
बारा बैठक : निष्कासनमा परेका सभापतिका समर्थकद्वारा रास्वपाकै सांसदमाथि हातपात प्रयास
मोरङ सीडीओ कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द, अदालतले दशैंपछि मुद्दा हेर्ने
मोरङ सीडीओ कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द, अदालतले दशैंपछि मुद्दा हेर्ने
अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल
अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल
एमालेको सचिवालय बैठक आज बस्दै
एमालेको सचिवालय बैठक आज बस्दै
चितवनको रत्ननगरमा एक बालकको श*व फेला
चितवनको रत्ननगरमा एक बालकको श*व फेला