चितवनको रत्ननगरमा एक बालकको श*व फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
चितवनको रत्ननगरमा एक बालकको श*व फेला

सारांश

  • चितवनको रत्ननगर नगरपालिका वडा नं.
  • ७ मा एक बालकको शव फेला परेको छ ।
  • शुक्रबार बिहान करिब सवा पाँच बजे पडेरिया पुलबाट करिब २ किलोमिटर पर चित्रसारीतर्फ बाँसघारी नजिक शव फेला परेको हो ।

२७ असार, चितवन ।

चितवनको रत्ननगर नगरपालिका वडा नं. ७ मा एक बालकको शव फेला परेको छ । शुक्रबार बिहान करिब सवा पाँच बजे पडेरिया पुलबाट करिब २ किलोमिटर पर चित्रसारीतर्फ बाँसघारी नजिक शव फेला परेको हो । उक्त शव बूढीराप्ती नदीमा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रत्ननगर नगरपालिका १५, माधवपुर निवासी लम्साल बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए । उनी मामा घर गएको बेला पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?