सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक २६, २०८१
|
|
१५२ पटक हेरिएको
Shares
इजरायली आक्रमणमा परी ३० जनाको मृत्यु

सारांश

  • उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ ।
  • गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ ।
  • गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् ।

 

२६ कार्तिक, काठमाडौँ- गाजाको नागरिक सुरक्षा निकायले प्यालेस्टिनी भूभागको उत्तरमा दुई घरमा इजरायली आक्रमणमा परी १३ बालबालिकासहित ३० जनाको मृत्यु भएको जनाएको छ ।

उत्तरी गाजाको जबालियाको एक घरमा आइतबार बिहान भएको पहिलो आक्रमणमा १३ बालबालिकासहित कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका नागरिक सुरक्षा निकायले जनाएको छ । गत अक्टोबर ६ देखि इजरायली सेनाले उत्तरी गाजाको जबालियालगायत क्षेत्रमा हमास लडाकूसमूहलाई पुनः सङ्गठित हुनबाट रोक्न चाहेको भन्दै हवाई तथा स्थलगत आक्रमण गरिरहेको छ ।

गाजा शहरको साबरा क्षेत्रमा भएको अर्को आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य अझै बेपत्ता छन् । सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक हजार २०६ जनाको मृत्यु भएको हमासले गरेको आक्रमणपछि गाजामा युद्ध सुरु भएको थियो। इजरायलको जवाफी कारबाहीमा गाजामा ४३ हजार ५५२ जनाको मृत्यु भएको मृतकमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गाजा युद्ध जारी छ र यो क्रमशः लेवनानतर्फ विस्तार भएको देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
शिक्षकको तलब मासिक रुपमा नियमित उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन
माओवादी स्थायी समिति बैठक स्थगित
माओवादी स्थायी समिति बैठक स्थगित
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे
शिक्षा विधेयकलाई प्राथमिकताका साथ पारित गर्नुपर्ने संसद्को दायित्वः सभामुख घिमिरे
प्रमुख प्रहरी नायब निरीक्षकविरुद्ध २५ हजार घुस लिएको आरोप
प्रमुख प्रहरी नायब निरीक्षकविरुद्ध २५ हजार घुस लिएको आरोप
ऊर्जामन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण
ऊर्जामन्त्री कुलमान घिसिङले बुझाए सम्पत्ति विवरण
मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै
वीरगञ्जमा निषेधाज्ञा हटाइयो, जनजीवन पुनः सामान्य बन्दै
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !
एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !
फेसबुकमा दसैंको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ
फेसबुकमा दसैंको शुभकामना दिंदै प्रधानमन्त्री बालेनले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ