२० वर्ष पुगेर विवाह गर्ने छोरीलाई गाउँपालिकाले गर्छ सम्मान, ५० हजार पुरस्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २३, २०८३
|
|
३५ पटक हेरिएको
Shares
२० वर्ष पुगेर विवाह गर्ने छोरीलाई गाउँपालिकाले गर्छ सम्मान, ५० हजार पुरस्कार

सारांश

  • सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ ।
  • २०७९ वैशाखमा स्थानीय तह निर्वाचनपछि बसेको पहिलो कार्यपालिका बैठकले कक्षा १२ को अध्ययन पूरा गरी २० वर्ष पार गरेपछि विवाह गर्ने गाउँपालिकाभित्रका छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको थियो ।
  • गाउँपालिकाको यो निर्णयपछि यहाँका अभिभावक तथा आम नागरिक खुसी छन् ।

२३ असार, सर्लाही ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँ प्रदान गर्दै आइरहेको छ । २०७९ वैशाखमा स्थानीय तह निर्वाचनपछि बसेको पहिलो कार्यपालिका बैठकले कक्षा १२ को अध्ययन पूरा गरी २० वर्ष पार गरेपछि विवाह गर्ने गाउँपालिकाभित्रका छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपियाँ प्रदान गर्ने निर्णय गरेको थियो । गाउँपालिकाको यो निर्णयपछि यहाँका अभिभावक तथा आम नागरिक खुसी छन् । चन्द्रनगर गाउँपालिका–२, किसनपुरका नन्दलाल महतो छोरीको विवाहमा गाउँपालिका अध्यक्ष नै विवाह मण्डपमा आएर ५० हजार रुपैयाँ प्रदान गर्दा असाध्य खुसी लागेको बताउँछन् । भर्खरै उपसभामुख रुबी कुमारीसमेत आएर सम्मान गर्दा आफूलाई असाध्य गौरव महसुस भएको उनको भनाइ छ । गाउँपालिकाले नसोचेको सम्मान गरेको उनले बताए । “छोरीलाई कुनै विभेद नगरी कक्षा १२ सम्म पढाइयो र २० वर्षपछि मात्र विवाह गरियो,” उनले भने, “यही कारणले गाउँपालिकाबाट सम्मान र सहयोग पाउँदा निकै खुसी लागेको छ ।”

किसनपुरकै उपेन्द्र ठाकुर पनि गाउँपालिकाको यो निर्णयले शिक्षा क्षेत्रमा छोरीको पहुँच बढ्ने र बालविवाह कम हुने बताउँछन् । “२० वर्ष पुगेपछि मात्र विवाह गर्दा बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुन्छ,” ठाकुरले भने, गाउँपालिकाको यो निर्णय असाध्य राम्रो छ । यसले सबैलाई छोरीलाई पढाउनुपर्ने र २० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्छ भन्ने कुरामा प्रोत्साहन गर्न मद्दत गर्छ ।” गाउँपालिकाभित्र शिक्षामा पनि परिवर्तन हुँदै गएको ठाकुरको तर्क छ । गाउँपालिकाले बर्सेनि २० वर्ष पुगेपछि र कक्षा १२ उत्तीर्ण गरेका छोरीहरुलाई घरघरमै पुगेर सम्मान गर्दै आइरहेको छ । केही साताअघि प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीलाई प्रमुख अतिथि बनाएर गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष पुगेपछि मात्र विवाह गर्ने छोरी र दाईजो नलिइ अर्थात् बिना दाइजो विवाह गर्ने जोडीलाई चन्द्रनगर गाउँपालिका २ पर्ती बजारमा औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान नै गरेको छ । बालविवाह अन्त्य र छोरीहरूको उच्च शिक्षामा पहुँच बढाउने उद्देश्यले पद बहाली गर्दा नै यो कार्यक्रम लागू गर्ने पहिलो निर्णय गरेको गाउँपालिका अध्यक्ष  राजकुमार महतो बताउँछन् ।

गाउँपालिकाको यो अभियानपछि छोरीलाई पनि उच्च शिक्षा हाँसिल गराउने र २० वर्ष उमेर पुगेपछि मात्र विवाह गराउने परिपाटीको विकास हुँदै गएको गाउँपालिका अध्यक्ष महतोले दावी गर्नुभएको छ । गाउँपालिका अध्यक्ष महतोले भने, “हाम्रो मधेशमा बालविवाहको दर धेरै छ, हाम्रै गाउँपालिकाभित्र पनि ६५ प्रतिशत बालविवाह हुने गरेको विभिन्न तथ्यांकहरुबाट देखियो । बालविवाहको अन्त्य गर्न र छोरीहरूको उच्च शिक्षामा पहुँच बढाउनका लागि कक्षा १२ पढेर २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने छोरीहरूलाई विवाह मण्डपमै गएर प्रोत्साहन तथा सम्मान स्वरूप ५० हजार रुपैयाँ प्रदान गर्न सुरु गरेका हौँ ।” १२ कक्षा उत्तीर्ण भएपछि पनि छोरीले स्नातक तह अध्ययनका लागि भर्ना भएर कागजात पेस गरे गाउँपालिकाले थप ११ हजार रुपैयाँ सहयोग गर्ने अध्यक्ष महतोले बताए ।

उनले पछिल्लो समय छोरीको दाइजो बिनै विवाह भएको देख्दा आफूहरू झनै खुसी हुन थालेको बताए । गाउँपालिका अध्यक्षलगायतबाट ५० हजार रुपैयाँको चेक बुझ्दै धेरै अभिभावकहरुले आफ्ना छोरीहरूहरुलाई जस्तै अन्य व्यक्तिलाई पनि आ आफ्नो छोरीहरुलाई उच्च शिक्षा हासिल गर्न र उमेर पुगेपछि मात्रै विवाह गर्न सुझाव दिने गरेका छन् । अतिविपन्न तथा दलित समुदायको बाहुल्यता रहेको चन्द्रनगर गाउँपालिकामा ती वर्ग र समुदायमा भने २० वर्ष पुगेपछि मात्रै विवाह गराउने प्रचलन बसाउन निकै सकस परिरहेको जनप्रतिनिधिले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
काभ्रेमा हेलिकप्टरबाट गर्भवतीको उद्धार
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : रमेश लेखक
घट्यो पेट्रोलियम पदार्थको मूल्य
घट्यो पेट्रोलियम पदार्थको मूल्य
मोरङका ५ वटा क्षेत्रमा रास्वपा र एउटामा श्रम संस्कृतिको अग्रता
मोरङका ५ वटा क्षेत्रमा रास्वपा र एउटामा श्रम संस्कृतिको अग्रता
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
झिझिया नृत्य प्रतियोगिता सम्पन्न
झिझिया नृत्य प्रतियोगिता सम्पन्न
विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने
विष्णुमती करिडोरमा दुई करोडमा पार्क बन्ने
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?
गृहमन्त्री लेखकलाई माधव नेपालको प्रश्नः प्रहरी प्रशासनले तपाईंको आदेश मान्न छोडेका हुन्?