आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख २४, २०८२
|
|
१०६ पटक हेरिएको
Shares
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा

सारांश

  •    जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले कमिसन मागेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डको कार्यालयमा छापा मारेको छ ।
  • बुधबार मध्याह्न १२ बजे आसपास खुमलटारस्थित बोर्डको कार्यालयमा छापा मार्न अख्तियारको टोली पुगेको थियो ।
  • अख्तियारले आईपीओ निष्कासन प्रक्रियामा रहेका केही कम्पनीका फाइलहरू नियन्त्रणमा लिएको स्रोतले जानकारी दिए ।

२४ वैशाख, काठमाडौं ।  

जलविद्युत् कम्पनीहरूको प्राथमिक सेयर निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले कमिसन मागेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोर्डको कार्यालयमा छापा मारेको छ । बुधबार मध्याह्न १२ बजे आसपास खुमलटारस्थित बोर्डको कार्यालयमा छापा मार्न अख्तियारको टोली पुगेको थियो ।

अख्तियारले आईपीओ निष्कासन प्रक्रियामा रहेका केही कम्पनीका फाइलहरू नियन्त्रणमा लिएको स्रोतले जानकारी दिए । ‘मध्याह्नतिर अख्तियारको टोली बोर्ड कार्यालय आएको थियो, ‘स्रोतले भन्यो, ‘आईपीओ निष्काशन प्रक्रियाका लागि बोर्डमा आवेदन दिएका मध्ये केही कम्पनीको फाइल अख्तियारले छापामारेर लिएर गएको छ ।’ धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रियामा रहेका कम्पनीहरूसँग कमिसन मागेको आरोप स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले लगाएको थियो भने बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले छानबिनको समेत माग गरेको थियो । अख्तियारमा यसबारेमा उजुरीसमेत परेपछि आयोग सक्रिय भएको हो ।

इप्पानका पदाधिकारीहरुले धितोपत्र बोर्डले प्रवर्द्धकहरूसँग ५० करोडभन्दा कम चुक्ता पुँजी भएका लागि ७ प्रतिशत र ५० करोडभन्दा बढी चुक्ता पुँजी भएकालाई ७ प्रतिशतभन्दा बढी कमिसन मागेको आरोप लगाएका छन् । हाल धितोपत्र बोर्डमा ८९ कम्पनीको ५६ अर्ब ७ करोड ९३ लाख २७ हजार १३२ रुपैयाँ बराबरको ४० करोड ४७ लाख ६ हजार ५४० कित्ता आईपीओ निष्काशनका लागि अनुमतिको पर्खाइमा छन् । जसमध्ये जलविद्युत समूहका मात्र ४३ कम्पनीको १९ अर्ब ४४ करोड ३४ लाख २४ हजार ३३६ रुपैयाँ बराबरको १९ करोड ३ लाख ६१ हजार ५९५ कित्ता सेयर अनुमतिको पर्खाइमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा मृ*त फेला परेकी युवती दोलखाकी भएको पुष्टि
पोखरामा मृ*त फेला परेकी युवती दोलखाकी भएको पुष्टि
नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस
नेपाल आइपुगे चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस
एआईमा चीनको ठूलो फड्को, विश्वव्यापी मानकभन्दा हजारौं गुणा बढी कम्प्युटिङ शक्ति
एआईमा चीनको ठूलो फड्को, विश्वव्यापी मानकभन्दा हजारौं गुणा बढी कम्प्युटिङ शक्ति
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेवको घरमा पनि आगजनी
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
जेनजी आन्दोलन छानबिनः तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई पत्र काट्ने तयारी
तीन करोडमुनिका योजना र कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
तीन करोडमुनिका योजना र कार्यक्रम प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
सरकारी कार्यालयहरू चुस्त दुरुस्त बनाउन प्रजिअ अधिकारीद्वारा धमाधम छड्के
सरकारी कार्यालयहरू चुस्त दुरुस्त बनाउन प्रजिअ अधिकारीद्वारा धमाधम छड्के