बालेन शाहको नयाँ क्याजूअल लुकको चर्चा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २६, २०८३
|
|
४९१ पटक हेरिएको
Shares
बालेन शाहको नयाँ क्याजूअल लुकको चर्चा

सारांश

  • प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ तस्वीरले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।
  • प्रायः कालो औपचारिक पोशाकमा देखिने बालेन यसपटक भने फरक तथा क्याजुअल शैलीमा प्रस्तुत भएका छन् ।
  • सामाजिक सञ्जालमा उनले सेयर गरेको तस्वीरमा बालेन आरामसँग कुर्सीमा बसेको अवस्थामा देखिन्छन् ।

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ तस्वीरले सामाजिक सञ्जालमा चर्चा पाएको छ । प्रायः कालो औपचारिक पोशाकमा देखिने बालेन यसपटक भने फरक तथा क्याजुअल शैलीमा प्रस्तुत भएका छन् ।
सामाजिक सञ्जालमा उनले सेयर गरेको तस्वीरमा बालेन आरामसँग कुर्सीमा बसेको अवस्थामा देखिन्छन् । सेतो सर्ट, धर्के पाइन्ट, सेतो स्निकर जुत्ता र कालो सनग्लासमा उनको लुक निकै आकर्षक र स्टाइलिस देखिएको छ ।

तस्वीरसँग राखिएको ह्याप्पी र स्माइली इमोजीले पनि उनको रमाइलो मुड झल्काएको छ । औपचारिक तथा राजनीतिक भूमिकामा प्रायः गम्भीर रूपमा देखिने बालेनको यो सहज र व्यक्तिगत शैली धेरैले मन पराएका छन् । तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउने क्रम जारी छ । धेरै प्रयोगकर्ताले उनको नयाँ लुकलाई ‘स्मार्ट’, ‘कन्फिडेन्ट’ र ‘फ्रेस’ भन्दै प्रशंसा गरेका छन् । बालेनको यो तस्वीरले उनको राजनीतिक व्यक्तित्वसँगै व्यक्तिगत तथा फेसनप्रतिको रुचिलाई पनि उजागर गरेको टिप्पणी गरिएको छ । यद्यपी, वैदिक सनातन र ज्योतिष शास्त्रीय दृष्टिकोणले कालो पहिरनलाई ‘असामान्य शक्ति’का रुपमा औंल्याइएको छ । ‘भैरव’ र ‘राहू’का रुपमा चित्रण गरिएको छ । प्रायः कालो पहिरनमा देखिने वालेन प्रधानमन्त्री बनेपछि फरक लुक्समा देखिएको विषय चासोमा परेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक
जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक
बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाक्लो हुस्सुका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
सीमानाकाबाट हतियार र लागुऔषधसहित भारतीय युवक पक्राउ
 लमजुङमा हराएको व्यक्ति मृ*त फेला
 लमजुङमा हराएको व्यक्ति मृ*त फेला
२ वर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
२ वर्षिया बालिका हत्याकाे घटनामा ‘घरभित्रकै व्यक्ति’ पक्राउ
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
दार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने