ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३१, २०८१
|
|
२५ पटक हेरिएको
Shares
ललितपुरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव फेला

सारांश

  • ललितपुरको मंगलबार नजिक खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको छ ।
  • उक्त शवको पहिचान समेत भएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
  • जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीकाअनुसार मृत भेटिनेमा बझाङ घर भएकी ११ वर्षीया बालिका दुर्गा बोहरा रहेकी छिन् ।

३१ चैत, काठमाडौं।

ललितपुरको मंगलबार नजिक खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको छ ।उक्त शवको पहिचान समेत भएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीकाअनुसार मृत भेटिनेमा बझाङ घर भएकी ११ वर्षीया बालिका दुर्गा बोहरा रहेकी छिन् ।

उनी यही चैत ११ गतेदेखि हराएको बुझाइएको उनले बताए । एक व्यक्ति डेरा सरेर उक्त घरमा गएका थिए । पानीट्यांकी फोहर भएको किरा समेत बाहिर आएको देखेपछि सफा गर्न भनेर छिर्दा शव फेला परेको एसएसपी अधिकारी बताउँछन् । बिहीबार शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । पोस्टमार्टम गरेर शवको सनाखत समेत भइसकेको प्रहरीले बताएको छ ।

मृत फेला परेकी ती बालिका आमासँगै उक्त घरमा बस्दै आएकी थिइन् । करिब २०–२५ दिनअघि मात्रै उनीहरु त्यहाँबाट डेरा सरेका थिए । डेरा छोडेर गएकै घरको पानीट्यांकीमा शव भेटिएको हो । बालिकाको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
अस्पतालकाे इमर्जेन्सी कक्षमा बालिकाको मृत्युबारे छानबिन गर्न समिति गठन
कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृ*त्यु
कोलम्बियामा बस दुर्घटनामा १० जनाको मृ*त्यु
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बालकुमारी आन्दोलनमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
बालकुमारी आन्दोलनमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
चक्रघट्टाको १४ औं गाउँसभा सम्पन्न, ३९ करोडको बजेट प्रस्तुत
चक्रघट्टाको १४ औं गाउँसभा सम्पन्न, ३९ करोडको बजेट प्रस्तुत
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय
दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने प्रशासनको निर्णय
मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल
मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल