Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
५९ पटक हेरिएको
Shares
मन्त्रीहरूको शपथमा सभामुख र उपसभामुख अनुपस्थित

सारांश

  • सोमबार शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूको शपथ भयो ।
  • प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराए ।
  • अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री  कुलमान घिसिङ र  गृह र कानुनमन्त्री  ओमप्रकाश अर्यालको शपथ लिएका हुन् ।

३० भदौ, काठमाडौं ।

सोमबार शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा तीन मन्त्रीहरूको शपथ भयो । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई शपथ गराए । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री  कुलमान घिसिङ र  गृह र कानुनमन्त्री  ओमप्रकाश अर्यालको शपथ लिएका हुन् । प्रधानमन्त्रीको शपथ ग्रहणमा नदेखिएका एक संवैधानिक पदाधिकारी मन्त्रीहरूको शपथग्रहणमा भने देखिए । उनी हुन्- राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल ।

प्रतिनिधिसभा विघटन भएपनि राष्ट्रिय सभा क्रियाशील भएकाले राष्ट्रिय सभाका अध्यक्ष दाहालको पद पनि यथावत छ । उनी मन्त्रीहरूको शपथमा गए । तर सभामुख देवराज घिमिरे भने जेन–जी आन्दोलनपछि दुई सार्वजनिक समारोहमा देखा परेनन् । दुई दिनअघिको प्रधानमन्त्रीको शपथग्रहण र सोमबारको मन्त्रीहरूको शपथमा उनी अनुपस्थित रहे । उपसभामुख इन्दिरा राना पनि दुवै समारोहमा अनुपस्थित रहिन् । प्रतिनिधिसभा विघटन भएपनि सभामुखको पद यथावत रहन्छ । प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारहरुको मनोनयनको दिन मात्रै सभामुखको पद रिक्त भएको मानिन्छ । उपसभामुखको पदीय हैसियत पनि सभामुखको सरह हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
अफगानिस्तानविरूद्ध अन्तिम खेलमा नेपालको सान्त्वना जित
अफगानिस्तानविरूद्ध अन्तिम खेलमा नेपालको सान्त्वना जित
एमालेले बोलायो सचिवालय बैठक
एमालेले बोलायो सचिवालय बैठक
लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित
लुम्बिनी विकास कोषभित्र सञ्चालित होटल व्यवसाय बन्द गर्न माग राख्दै व्यवसायी आन्दोलित
कुलमानबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग
कुलमानबारे राष्ट्रिय सभामा पनि प्रधानमन्त्रीको जवाफ माग
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला
प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने
प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने
रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा
रामेछापको हिलेदेवीका पहिरो पीडित स्थानान्तरणको पर्खाइमा