सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी

सारांश

  • महान्यायाधिवक्ता सविता भण्डारी बरालले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी रञ्जु दर्शनाको जित महिलाको सार्वजानिक भूमिका माथि गरिएको शंकाको उत्तर रहेको बताएकी छन् ।
  • मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा गर्भवती महिला नेतालाई संसद बन्ने लोभले बच्चालाई भन्दा पदलाई प्राथमिकता दिएको भनेर आलोचना गरिनु महिलाको सार्वजनिक भूमिका माथि गरिएको शंका मात्र भएको र उनको जित शंका माथिको उत्तर भएको बताएकी हुन् ।
  • ‘सामाजिक सञ्जालमा गर्भवती महिला नेतालाई संसद बन्ने लोभले आफ्नै बच्चालाई भन्दा पदलाई प्राथमिकता दिएको भनेर आलोचना गरियोे ।

२६ फागुन, काठमाडौं ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी रञ्जु दर्शनाको जित महिलाको सार्वजानिक भूमिका माथि गरिएको शंकाको उत्तर रहेको बताएकी छन् ।

मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमा गर्भवती महिला नेतालाई संसद बन्ने लोभले बच्चालाई भन्दा पदलाई प्राथमिकता दिएको भनेर आलोचना गरिनु महिलाको सार्वजनिक भूमिका माथि गरिएको शंका मात्र भएको र उनको जित शंका माथिको उत्तर भएको बताएकी हुन् । ‘सामाजिक सञ्जालमा गर्भवती महिला नेतालाई संसद बन्ने लोभले आफ्नै बच्चालाई भन्दा पदलाई प्राथमिकता दिएको भनेर आलोचना गरियोे । तर त्यो परिस्थितिमा पनि चुनावमा जित भयो । त्यो जित केवल उपलव्धि होइन, महिलाको सार्वजनिक भूमिका माथि राखिएको शंका माथिको उत्तर पनि हो,’ उनले भनिन् ।

उनले सबै सक्षम र सफल भएका महिलाहरुले अब आफ्नो नेतृत्व क्षमता अभिबृद्धि गर्नुंपर्ने भन्दै अभिनेतृ निशा अधिकारीले सामाजिक सञ्जालमा लेखेको स्टाटस स्मरण गरिन् । उनले भनिन्, ‘तपाईंहरु सबै सक्षम, सफल हुनुहुन्छ । हरेक चुनौतिहरुको सामना गर्नुभएको छ । अब गर्नुपर्ने काम भनेको नेतृत्व क्षमता अभिबृद्धि हो । अभिनेतृ निशा अधिकारीले समाजिक सञ्जालमा लेखेको स्टाटस सम्झिरहेको छु । उहाँले लेख्नुभएको थियो, महिलाले जब नेतृत्व लिन खोज्छन् समाजले उसको नीति होइन पहिले उसको निजी जीवन छानबिन गर्छ ।’ महान्यायाधिवक्ता भण्डारीले नेतृत्व केवल पद र अधिकारको कुरा नभई जिम्मेवारी दृष्टिकोण, मार्गदर्शन गर्ने क्षमतासँग जोडिएको बताइन् । ‘यी सबै कुराहरुलाई चिरेर अगाडि बढ्नुको विकल्प छैन । नेतृत्व केवल पद र अधिकारको कुरा होइन यो जिम्मेवारी दृष्टिकोण, मार्गदर्शन गर्ने क्षमतासँग जोडिएको गुण हो । आजको चुनौतीपूर्ण समाज र पेशागत वातावरणमा नेतृत्व क्षमता बढाउनु भनेको सिर्जनात्मक सोच निर्णय क्षमता सहकार्य र समावेशी दृष्टिकोण विकास गर्नु हो,’ उनले भनिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
रास्वपा संसदीय दलको बैठक बस्दै
रास्वपा संसदीय दलको बैठक बस्दै
विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृ*त्यु
विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर एक जनाको मृ*त्यु
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’को ३ वटा डाइभर्सन बगायो
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’को ३ वटा डाइभर्सन बगायो
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको  सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
शिक्षकहरूको प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त
शिक्षकहरूको प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त
मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने मन्त्री पाण्डेको चेतावनी
मनपरी हवाई भाडा वृद्धि गर्ने वायुसेवा कम्पनीलाई कारबाही गर्ने मन्त्री पाण्डेको चेतावनी
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप