प्रधानमन्त्रीकै सचिवालयले मानेन सरकारको निर्णय, चौतर्फी आलोचना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
प्रधानमन्त्रीकै सचिवालयले मानेन सरकारको निर्णय, चौतर्फी आलोचना

सारांश

  • सरकारले अत्यधिक प्रयोगमा रहेका तर सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै सचिवालयले ती ‘प्रतिबन्धित’ सञ्जाल प्रयोग गरिरहेकाले चौतर्फी आलोचना भएको छ।
  • सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले बिहीबार मात्रै सो निर्णय सार्वजनिक गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सामाजिक सञ्जालहरू बन्द गर्ने प्रक्रिया अघि बढाएका थिए।
  • तर कतिपय प्रयोगकर्ताहरूले वैकल्पिक माध्यममार्फत सामाजिक सञ्जाल चलाइरहेका छन्।

२० भदौ, काठमाडौं ।

सरकारले अत्यधिक प्रयोगमा रहेका तर सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै सचिवालयले ती ‘प्रतिबन्धित’ सञ्जाल प्रयोग गरिरहेकाले चौतर्फी आलोचना भएको छ। सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले बिहीबार मात्रै सो निर्णय सार्वजनिक गरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सामाजिक सञ्जालहरू बन्द गर्ने प्रक्रिया अघि बढाएका थिए। तर कतिपय प्रयोगकर्ताहरूले वैकल्पिक माध्यममार्फत सामाजिक सञ्जाल चलाइरहेका छन्।

यसबीचमा, सरकारी निर्देशनलाई बेवास्ता गर्दै प्रधानमन्त्री सचिवालय आफैँले फेसबुक र ह्वाट्सएपमार्फत सूचना सम्प्रेषण गरिरहेको छ। आजदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनसम्बन्धी गतिविधि प्रधानमन्त्रीको अफिसियल फेसबुक पेज र ह्वाट्सएप ग्रुपमार्फत प्रसारित गरिएको छ।

प्रधानमन्त्री सचिवालयले यसबारे स्पष्टीकरण दिँदै भनेको छ, “सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको होइन, चलाउने मिल्ने सबै सञ्जाल सबैले चलाइरहेका छन्। हामीले पनि त्यही गरेका हौँ।” तर, नीति बनाउने निकायले नै आफ्नै निर्णयलाई पालना नगरेको भन्दै सामाजिक सञ्जालमै विरोध सुरु भएको छ। प्रधानमन्त्रीको अफिसियल फेसबुक पेजमा गरिएको पछिल्लो पोस्टमा प्रयोगकर्ताहरूले प्रश्न उठाउँदै आलोचना गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
जलेश्वर कारागारबाट भागेका २७३ कैदीबन्दी अझै फरार
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु
राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु
विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौं : अर्थमन्त्री
विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौं : अर्थमन्त्री
रुसद्वारा युक्रेनको राजधानीमा हमला १४ जनाको मृत्यु, २२ घाइते
रुसद्वारा युक्रेनको राजधानीमा हमला १४ जनाको मृत्यु, २२ घाइते
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे
नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउँछौँ : मन्त्री पाण्डे
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
६० किलो सुन तस्करी प्रकरणमा बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
६० किलो सुन तस्करी प्रकरणमा बाराका एक सुनचाँदी व्यवसायी पक्राउ
एनपीएलको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला
एनपीएलको अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला