Press 4K
शनिबार, २ श्रावण २०८३

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २६, २०८२
|
|
२७८ पटक हेरिएको
Shares
सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोगमा गैरकानुनी नियन्त्रणमा राख्यो : ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको फौजदारी अभियोगका आधार प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् ।
  • सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन् ।
  • उनले अन्ततः मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेपछि आफू रिहा भएको उल्लेख गरेका छन् ।

२६ चैत, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लगाइएको फौजदारी अभियोगका आधार प्रमाण नपुगेपछि रिहा भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै अध्यक्ष ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले अभियोग लगाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन् । उनले अन्ततः मुद्दा चलाउन पर्याप्त प्रमाण नपुगेपछि आफू रिहा भएको उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु ।’ रिहाइपछि उनले आफ्नो पक्षमा आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल तथा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरेका छन् । साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति सम्मान प्रकट गरेका छन् । अध्यक्ष ओलीले प्रहरी नियन्त्रणमा रहँदा आफूलाई मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन तथा उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि कृतज्ञता व्यक्त गरेका छन् ।

मेरो रिहाइका लागि आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, कानुनी लडाइँमा अहोरात्र साथ दिनुहुने कानुन व्यवसायी मित्रहरू, न्यायकर्मीहरु, न्यायको पक्षमा वकालत गर्ने विभिन्न राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दछु । साथै, परमादेश जारी गर्ने सम्मानित सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गर्दछु । प्रहरी नियन्त्रणमा रहँदा म प्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र मेरो स्वास्थ्योपचारमा तल्लीन त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि म कृतज्ञ छु,’ उनले थप लेखेका छन् ।

उनले आफ्नो रिहाइको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन् । राज्यले उदासीनता देखाएमा आफ्नो पार्टीले उपचार खर्च बेहोर्ने जानकारीसमेत दिएका छन् । स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै उपचार गराउने उल्लेख गर्दै उनले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     
काभ्रेमा बाढी–पहिरोले चार जनाको मृत्यु, १० जना बेपत्ता
काभ्रेमा बाढी–पहिरोले चार जनाको मृत्यु, १० जना बेपत्ता
राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता
राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता
निर्मला ह*त्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी
निर्मला ह*त्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी
गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला
गौरीटारमा तयार हुँदै दोस्रो ठूलो रंगशाला
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
भन्सार विधेयक पारित भएसँगै राजस्व चुहावट नियन्त्रण हुन्छ : अर्थमन्त्री पौडेल
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
हतियार देखाएर वृद्ध दम्पत्तिको गहना लुटेको आरोपमा तीनजना पक्राउ
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
भिजिट भिसा प्रकरणमा छानबिन आयोग गठन नभए सडक आन्दोलनमा जान्छौँ : राजेन्द्र लिङ्देन
गगन थापाविरुद्धको अवहेलना मुद्दाको पेसी आज
गगन थापाविरुद्धको अवहेलना मुद्दाको पेसी आज
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...