बाढी प्रभावित १५ स्थानीय तहमा रकम निकासा, कुनमा कति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १७, २०८३
|
|
५३९ पटक हेरिएको
Shares
बाढी प्रभावित १५ स्थानीय तहमा रकम निकासा, कुनमा कति ?

सारांश

  • सरकारले रसुवाको भोटेकोसी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि  १३ करोड ५० लाख निकासा गरेको छ ।
  •   सरकारले दुई चरणमा  ती पालिकामा उक्त रकम निकासा गरेको हो ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोसी हुँदै त्रिशुली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि  एक/एक करोड र धादिङका लागि ५० लाख दिने निर्णय सरकारले गरेको थियो ।

१७ भदौ, काठमाडौं ।

सरकारले रसुवाको भोटेकोसी नदीमा गएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि  १३ करोड ५० लाख निकासा गरेको छ ।  सरकारले दुई चरणमा  ती पालिकामा उक्त रकम निकासा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भोटेकोसी हुँदै त्रिशुली नदीमा बाढी गएलगत्तै रसुवा र नुवाकोटका लागि  एक/एक करोड र धादिङका लागि ५० लाख दिने निर्णय सरकारले गरेको थियो । त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत यही भदौ १२ गते ६ करोड ५० लाख र १६ गते रु छ करोड ५० लाख गरी रु १३ करोड ५० लाख निकासा गरेको हो । प्राधिकरणका अनुसार रसुवाको उत्तरगया गाउँपालिकाका लागि रु एक करोड ५० लाख, गोसाईंकुण्ड गाउँपालिकाका लागि दुई करोड, कालिका गाउँपालिकाका लागि ६० लाख र आमा छोदिङ्मो गाउँपालिकाका लागि ४० लाख निकासा गरिसकेको छ ।

त्यसैगरी, नुवाकोटको विदुर नगरपालिकाका लागि तीन करोड, बेलकोटगढी नगरपालिकाका लागि एक करोड ५० लाख, किस्पाङ गाउँपालिकाका लागि ५० लाख र तारकेश्वर गाउँपालिकाका लागि एक करोड निकासा गरिएको छ । त्यस्तै, धादिङका गल्छी गाउँपालिकाका लागि ६० लाख, सिद्धलेक गाउँपालिकाका लागि ४० लाख, गजुरी गाउँपालिकाका लागि ४० लाख र बेनिघाट रोराङ गाउँपालिकाका लागि  ४० लाख निकासा गरिएको प्राधिकरणले जनाएको छ ।  साथै गोरखाको गण्डकी गाउँपालिकाका लागि ४० लाख तथा तनहुँको देवघाट गाउँपालिकाका लागि ४० लाख र आँबुखैरनी गाउँपालिकाका लागि ४० लाख निकासा भइसकेको  छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म  सात अर्ब ८८ लाख ५७ हजार २१७ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते  एक करोड निकासा दिएपछि अब सो कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ मौज्दात रहेको छ । साथै प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जबरजस्ती करणी गरेको अभियोयामा एक जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोयामा एक जना पक्राउ
काठमाडौँ महानगरपालिकाका सूचना विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ महानगरपालिकाका सूचना विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
कार्की आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि भयो : शंकर पोखरेल
भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृ*त्यु
भारतमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृ*त्यु
गंगानारायण श्रेष्ठ बने माओवादी केन्द्रको सचिव
गंगानारायण श्रेष्ठ बने माओवादी केन्द्रको सचिव
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डले पठाए राजीनामा पत्र, निर्णय हुन बाँकी
सकियो समानुपातिकतर्फको मतगणना
सकियो समानुपातिकतर्फको मतगणना
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...