पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला
सारांश
- हालैको पहलगाम आतङ्कवादी आक्रमणपछि पाकिस्तान लगायत विभिन्न देशका ह्याकिङ गिरोहले भारतीय प्रणालीहरूमा १० लाखभन्दा बढी साइबर आक्रमण गरेको छन् ।
- महाराष्ट्र प्रहरीको साइबर अपराध अनुसन्धान शाखा, महाराष्ट्र साइबरले यस्तो बताएको हो ।
- कश्मीरमा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि डिजिटल आक्रमणका घटनाहरूमा वृद्धि भएको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताएका हुन् ।

नयाँ दिल्ली । हालैको पहलगाम आतङ्कवादी आक्रमणपछि पाकिस्तान लगायत विभिन्न देशका ह्याकिङ गिरोहले भारतीय प्रणालीहरूमा १० लाखभन्दा बढी साइबर आक्रमण गरेको छन् । महाराष्ट्र प्रहरीको साइबर अपराध अनुसन्धान शाखा, महाराष्ट्र साइबरले यस्तो बताएको हो । कश्मीरमा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि डिजिटल आक्रमणका घटनाहरूमा वृद्धि भएको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताएका हुन् । ‘पहलगाम आक्रमणपछि भारतमा १० लाखभन्दा बढी साइबर आक्रमण भएका छन्’ महाराष्ट्र साइबर विभागका अतिरिक्त प्रहरी महानिर्देशक यशस्वी यादवले भने ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया