Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १९, २०८२
|
|
३८ पटक हेरिएको
Shares
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला

सारांश

  •   हालैको पहलगाम आतङ्कवादी आक्रमणपछि पाकिस्तान लगायत विभिन्न देशका ह्याकिङ गिरोहले भारतीय प्रणालीहरूमा १० लाखभन्दा बढी साइबर आक्रमण गरेको छन् ।
  • महाराष्ट्र प्रहरीको साइबर अपराध अनुसन्धान शाखा, महाराष्ट्र साइबरले यस्तो बताएको हो ।
  •   कश्मीरमा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि डिजिटल आक्रमणका घटनाहरूमा वृद्धि भएको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताएका हुन् ।

 

नयाँ दिल्ली ।  हालैको पहलगाम आतङ्कवादी आक्रमणपछि पाकिस्तान लगायत विभिन्न देशका ह्याकिङ गिरोहले भारतीय प्रणालीहरूमा १० लाखभन्दा बढी साइबर आक्रमण गरेको छन् । महाराष्ट्र प्रहरीको साइबर अपराध अनुसन्धान शाखा, महाराष्ट्र साइबरले यस्तो बताएको हो ।  कश्मीरमा अप्रिल २२ मा भएको आतङ्कवादी हमलापछि डिजिटल आक्रमणका घटनाहरूमा वृद्धि भएको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताएका हुन् । ‘पहलगाम आक्रमणपछि भारतमा १० लाखभन्दा बढी साइबर आक्रमण भएका छन्’ महाराष्ट्र साइबर विभागका अतिरिक्त प्रहरी महानिर्देशक यशस्वी यादवले भने ।

भारतीय वेबसाइट र पोर्टलहरूलाई लक्षित गर्ने यी आक्रमणहरू पाकिस्तान, मध्यपूर्व, इन्डोनेसिया र मोरक्कोबाट गरिएको उनको भनाइ थियो । कयौं ह्याकिङ समूहहरूले आफूलाई इस्लामवादी समूह भएको दाबी गरेको उनले बताए । यसलाई उनले सम्भवतः साइबर युद्ध हुनसक्ने भनेका छन् ।  महाराष्ट्र साइबरले कयौँ साइबर आक्रमणहरूलाई विफल पारेको पनि उनले बताए । नोडल कार्यालयले सबै सरकारी विभागहरूको लागि एक सल्लाह तयार पारेको छ । यसमा उनीहरूलाई आफ्नो साइबर पूर्वाधार बलियो बनाउन भनिएको छ ।  अप्रिल २२ मा, दक्षिण कश्मीरको पहलगाम नजिकै बैसरनमा आतङ्ककारीहरूले गरेको आक्रमणमा नेपाली समेत २६ जनाको हत्या भएको थियो । यसरी मर्नेमध्ये अधिकांश पर्यटक थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग
नागढुंगा सुरुङमार्ग निर्माणका लागि जापानद्वारा थप ५ अर्ब ५० करोड ऋण सहयोग
नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव
नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्: मन्त्री गुप्ता
सरकार आर्थिक रुपमा कमजोर छ, धेरै काम गर्न सकिएको छैन्: मन्त्री गुप्ता
विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा ५ घण्टा छापा
विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा ५ घण्टा छापा
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग नबनेसम्म संसद् बहिष्कार गर्छौं : राप्रपा
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय आयोग नबनेसम्म संसद् बहिष्कार गर्छौं : राप्रपा
फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन् : वर्षमान पुन
फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन् : वर्षमान पुन
पार्वत गुरुङ दोलखाबाट चुनाव लड्ने
पार्वत गुरुङ दोलखाबाट चुनाव लड्ने
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
सूर्यदर्शन सहकारी ठगी प्रकरण : बाबु–छोरी नै हिरासतमा
सूर्यदर्शन सहकारी ठगी प्रकरण : बाबु–छोरी नै हिरासतमा