विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा ५ घण्टा छापा

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
२७६ पटक हेरिएको
Shares
विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा ५ घण्टा छापा

सारांश

  • अवैध रकम लुकाएको आरोपमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश उपाध्यक्ष प्रकाश मुन्दडाको घरमा छापा मारेको प्रहरी रित्तो हात फर्किएको छ ।
  • अवैध नगद लुकाएको आरोपमा सोमबार बिहान साढे ४ बजेदेखि छापा मारेको प्रहरी करिब ५ घण्टापछि फर्किएको हो ।
  • खानतलासीका क्रममा शंकास्पद बस्तु नभेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

 

१८ साउन,विराटनगर ।

अवैध रकम लुकाएको आरोपमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश उपाध्यक्ष प्रकाश मुन्दडाको घरमा छापा मारेको प्रहरी रित्तो हात फर्किएको छ । अवैध नगद लुकाएको आरोपमा सोमबार बिहान साढे ४ बजेदेखि छापा मारेको प्रहरी करिब ५ घण्टापछि फर्किएको हो । खानतलासीका क्रममा शंकास्पद बस्तु नभेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । मुन्दडा चाँदीको व्यापार गर्ने ठूला व्यापारी मध्ये पर्छन् ।

अवैध नगद र हुन्डीको पैसा लुकाएको सूचनापछि प्रहरी टोली पुगेको थियो । ‘विशेष सूचनाका आधारमा छापा मारिएको हो,’ उनले भने,‘ घरदेखि कार्यालयसम्म लगातार खानतलासी गरियो, केही भेटिएन ।’ देवेनारा समूहका सदस्य वेनीगोपाल मुन्दडाले प्रहरीले छापा मार्दा केही फेला नपारेको बताए । ‘बिहान ५ बजे आएर पुर्जी देखाएर खानतलासी गर्न आएको भन्नुभयो, हामीले सहयोग गर्यौँ,’ उनले भने,‘ सबै ठाउँ हेर्नुभयो, अन्तिममा केही भेट्नुभएन। हामीलाई क्लिन चिट दिएर जानुभयो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?