भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भाटभटेनी लुटपाटमा कांग्रेस नेताका छोरा पक्राउ परेको राप्रपा अध्यक्ष लिङ्देनको दाबी

सारांश

  • प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले राजावादीले तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा भएको लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ परेको दाबी गरेका हुन् ।
  • अध्यक्ष लिङ्देनले कांग्रेसका सहमहामन्त्रीको नाम भने लिएनन् ।
  • तर, उनले ती सहमहामन्त्रीका छोरालाई गृहमन्त्री रमेश लेखकले तुरुन्तै छाडेको पनि आरोप लगाए ।

१२ वैशाख, काठमाडौं–

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ मा भएको भाटभटेनी लुटपाट काण्डमा सत्तारुढ नेपाली कांग्रेसका एक जना सह–महामन्त्रीका छोरा पक्राउ परेको दाबी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले राजावादीले तीनकुनेमा आयोजना गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनीमा भएको लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ परेको दाबी गरेका हुन् ।

अध्यक्ष लिङ्देनले कांग्रेसका सहमहामन्त्रीको नाम भने लिएनन् । तर, उनले ती सहमहामन्त्रीका छोरालाई गृहमन्त्री रमेश लेखकले तुरुन्तै छाडेको पनि आरोप लगाए । हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा सत्तारुढ पार्टीको, तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेको छ । किन छोड्नुभो तुरुन्तै ?,’ लिङदेनले प्रश्न गर्दै भने, ‘तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको मान्छेले म रक्सी खान्नँ, मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
गुण्डुमा बनाउन थालियो ‘ओलीको नयाँ घर’ राधिकाले गरिन् शिलान्यास
कांग्रेस नेता शेखर कोइराला र बेलायतका मन्त्रीबीच भेटवार्ता
कांग्रेस नेता शेखर कोइराला र बेलायतका मन्त्रीबीच भेटवार्ता
प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा
प्रधानमन्त्रीद्वारा जुम्लाको चन्दननाथमा पूजा
पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढ्दा पनि आयल निगमद्वारा मूल्य यथावत
पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँ बढ्दा पनि आयल निगमद्वारा मूल्य यथावत
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
पर्व बिदामा पनि आयोगका कार्यालय खुला रहने
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
चौँतिस उद्योगको विद्युत् आपूर्ति बन्द
चौँतिस उद्योगको विद्युत् आपूर्ति बन्द
मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव
मधेशमा खानेपानीको सहज पहुँचका लागि महत्त्वपूर्ण काम हुँदैछ : मन्त्री यादव