कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २०, २०८२
|
|
४१ पटक हेरिएको
Shares
कुलिङ जालझेलमा सभापति खतिवडाले राजनीति र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस

सारांश

  • संघीय निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’को प्रावधान समेटिएको विषयमा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा गम्भीर जालझेल भएको निष्कर्षसहित विशेष छानबिन समितिले प्रतिवेदन पारित गरेको छ।
  • समितिले सभापति रामहरि खतिवडाले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस गरेको छ।
  • प्रतिनिधिसभाको निर्देशनमा गठित विशेष छानबिन समितिले मंगलबार बिहान सवा ४ बजे अन्तिम टुंगोमा पुर्‍याउँदै सर्वसम्मत प्रतिवेदन पारित गरेको हो।

२० साउन, काठमाडौं ।

संघीय निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’को प्रावधान समेटिएको विषयमा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा गम्भीर जालझेल भएको निष्कर्षसहित विशेष छानबिन समितिले प्रतिवेदन पारित गरेको छ। समितिले सभापति रामहरि खतिवडाले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने सिफारिस गरेको छ।

प्रतिनिधिसभाको निर्देशनमा गठित विशेष छानबिन समितिले मंगलबार बिहान सवा ४ बजे अन्तिम टुंगोमा पुर्‍याउँदै सर्वसम्मत प्रतिवेदन पारित गरेको हो। प्रतिवेदनमा विधेयकको मर्मविपरीत, प्रक्रिया मिचेर गरिएको संशोधनप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको जिम्मा नेतृत्व तहले लिनुपर्ने उल्लेख गरिएको छ। साथै, विधेयक प्रतिवेदन तयार पार्ने क्रममा संलग्न कर्मचारीहरूलाई कानुनअनुसार कारबाही गर्नुपर्ने सिफारिससमेत गरिएको छ।

छानबिन समितिको प्रतिवेदन मङ्गलबार बस्ने सम्सद बैठकमा पेश गरिदैछ। छानबिन समितिको नेतृत्व कांग्रेसका जीवन परियारले गरेका थिए। समितिमा कांग्रेसकी सचेतक सुशीला थिङ, एमालेका सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी सांसद माधव सापकोटा, रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्की सदस्य थिए।

छानबिन समितिका अनुसार दुई वर्षे ‘कुलिङ अफ पिरियड’ व्यवस्था प्रभावित हुने गरी विधेयकमा संशोधन गर्नु विधिसम्मत प्रक्रिया मिचेर गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
खेलाडीको स्वास्थ्य उपचारका लागि सम्झौता
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता जारी
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु
आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउने महिलाको मृत्यु
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक
आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको प्रमुख कारक ‘लागुऔषध’: गृहमन्त्री लेखक
जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’
जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते
बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु ,तीन घाइते
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै