एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
सारांश
- जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
- जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए ।
- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार एन्फा मुख्यालयमा छापा मारेर जोशी र पाण्डेलाई पक्राउ गरेको थियो ।
४ असोज, काठमाडौं ।
जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले जोशी र पाण्डेलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार एन्फा मुख्यालयमा छापा मारेर जोशी र पाण्डेलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । सीआईबीले एन्फासँग सम्बन्धित आर्थिक कारोबार तथा कागजातमाथि अनुसन्धान अघि बढाइरहेको छ ।

प्रतिक्रिया