ऊर्जामन्त्री श्रेष्ठले लिए रास्वपा केन्द्रीय सदस्यको शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ४, २०८३
|
|
१०२ पटक हेरिएको
Shares
ऊर्जामन्त्री श्रेष्ठले लिए रास्वपा केन्द्रीय सदस्यको शपथ

सारांश

  • आइतबार केन्द्रीय सचिवालयको बैठकअघि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
  • शपथ समारोहमा महामन्त्री विपिन आचार्य पनि सहभागी थिए ।
  • मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट दुई हजार १२३ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय सदस्य र केन्द्रीय सदस्य पदको शपथ लिएका छन्।

आइतबार केन्द्रीय सचिवालयको बैठकअघि सभापति रवि लामिछानेले श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। शपथ समारोहमा महामन्त्री विपिन आचार्य पनि सहभागी थिए ।

मन्त्री श्रेष्ठ गत असारमा चितवनमा सम्पन्न रास्वपाको प्रथम महाधिवेशनबाट दुई हजार १२३ मतसहित केन्द्रीय सदस्य निर्वाचित भएका थिए। भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकबाट सभापति लामिछानेले श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्य मनोनीत गरेका थिए।

शपथ लिँदै मन्त्री श्रेष्ठले जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। ‘रास्वपा प्रथम ऐतिहासिक महाधिवेशनमा दुई तिहाईभन्दा पनि बढी मत प्रदान गरी केन्द्रीय समिति सदस्यमा निर्वाचित गर्नुभएकोमा पार्टीको सार्वभौम सदस्यज्यूहरू सम्पूर्णमा हार्दिक आभार,’ श्रेष्ठले भने, ‘सबैको साथ, सहयोग, समन्वय र सुझावलाई आत्मसात् गर्दै आफ्नो जिम्मेवारी र कर्तव्य निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
पचरौताका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्, संरक्षण गरौँ : प्रचण्ड
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन पक्राउ
राष्ट्रपति पौडेल आज तनहुँ जाँदै
राष्ट्रपति पौडेल आज तनहुँ जाँदै
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
मधेस सरकारले पूजा महतोसहित ३ खेलाडीलाई सम्मान गर्ने
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृ*त्यु, पाँच घाइते
एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृ*त्यु, पाँच घाइते
वीरगञ्ज र जनकपुरमा हुने जय ट्रफी कपको तयारी अन्तिम चरणमा
वीरगञ्ज र जनकपुरमा हुने जय ट्रफी कपको तयारी अन्तिम चरणमा
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने