कुलेखानी-कलंकी-हुमाने सडक १९ दिन बन्द हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
कुलेखानी-कलंकी-हुमाने सडक १९ दिन बन्द हुने

सारांश

  •   काठमाडौँ जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ।
  • सडक स्तरोन्नति कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिन लागिएको हो।
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सडक बन्द गर्ने निर्णय भएको जनाएको हो।

 

३० वैशाख, हेटौंडा । 

काठमाडौँ जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिन बन्द हुने भएको छ। सडक स्तरोन्नति कार्यका लागि १९ दिन सवारी आवागमन बन्द गरिन लागिएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सडक बन्द गर्ने निर्णय भएको जनाएको हो। सो सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुरमार्फत ठेक्का लागि हाल मर्मत तथा स्तरोन्नतिको काम भइरहेको छ।

पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रबमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) बन्द गरिने भएको हो। १९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।  प्रशासनक कार्यालयले सो अवधिमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?