एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
३० पटक हेरिएको
Shares
एमाले निर्णायक राष्ट्रिय शक्ति बन्छ, स्टन्टबाजीमा विश्वास गर्दैनौं : ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका छन् ।
  • शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका हुन् ।
  • उनले भने, ‘नेकपा एमाले जस्तो देशभक्त नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौ ।

२७ मंसिर, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका छन् । शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने दृढ संकल्पका साथ पार्टी अघि बढिरहेको बताएका हुन् ।

उनले भने, ‘नेकपा एमाले जस्तो देशभक्त नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौ । यस काममा मार्गदर्शन गर्न जनताको बहुदलिय जनवाद छ । त्यस मार्गदर्शनमा समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्य तय गरेर अघि बढिरहेका छौ ।’ उनले उक्त संकल्प कुनै राजनीतिक स्टन्टबाजीका लागि नभई व्यवहारमा साकार पार्ने उद्देश्यसहित गरिएको स्पष्ट पारे। ‘देशभक्त नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका पोल्टिकल स्टनबाजीको लागि होइन । यो साकार पार्नका लागि गरिएको संकल्प हो । यसलाई नेकपा एमालेले साकार पारिछाड्ने छ,’ उनले भने ।

उनका अनुसार यस यात्रामा पार्टीलाई मार्गदर्शन गर्ने सिद्धान्त जनताको बहुदलीय जनवाद हो । सोही मार्गदर्शनअनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य तय गरी अघि बढिरहेको उनले बताए। अध्यक्ष ओलीले आंशिक वा सीमित जनतालाई मात्र नभई सम्पूर्ण नेपाली जनतालाई समृद्ध बनाउने लक्ष्य एमालेको रहेको उल्लेख गरे । ‘हाम्रो उद्देश्य सिंगो देशलाई समृद्ध बनाउने हो,’ उनले भने । ओलीले यो संकल्प नेकपा एमालेले अवश्य साकार पार्ने विश्वास व्यक्त गर्दै पार्टीका कार्यकर्ता पंक्तिदेखि सुशासन, विकास, समृद्धि र सुख चाहने सम्पूर्ण देशप्रेमी नेपालीको साथ र सहयोग रहने अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
५० यात्रु बोकेको एन्टोनोभ एन–२४ विमान सम्पर्कविहिन
५० यात्रु बोकेको एन्टोनोभ एन–२४ विमान सम्पर्कविहिन
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
शिक्षकहरू फेरि सडक आन्दोलनमा, निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेजको माग
प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक
प्रधानमन्त्री बालेनले संसद्‌मा लगे दुई विधेयक
राष्ट्रपति पौडेल अस्पताल भर्ना
राष्ट्रपति पौडेल अस्पताल भर्ना
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली
भुटानी शरणार्थी प्रकरणकाे अनुसन्धान भएकोमा खुशी छु : अध्यक्ष ओली
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
यी हुन् पर्यटकलाई लुटपाट गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका ४ युवतीसहित १२ जना
सबै दलको सहमतिमा संविधान संशोधनः काँग्रेस नेता सिटौला
सबै दलको सहमतिमा संविधान संशोधनः काँग्रेस नेता सिटौला
सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या
सुन चोरीको विषयमा विवाद हुँदा बालकको हत्या