वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २४, २०८०
|
|
८२ पटक हेरिएको
Shares
वीरगञ्जका मेयर सिंहविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता

सारांश

  • वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दर्ता भएको छ ।
  • नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको डीएसपी कुमारविक्रम थापाले अनलाइनखबरसँग पुष्टि गरे ।
  • उनले भने, ‘१०-१५ दिन अगाडि नै जाहेरी आएको थियो, बिहीबार (आज) दर्ता भएको छ ।

२४ फागुन, काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध प्रहरी कहाँ किटानी जाहेरी दर्ता भएको छ ।

नागरिकता कीर्ते गरेको कसूरमा सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा जाहेरी दर्ता भएको डीएसपी कुमारविक्रम थापाले अनलाइनखबरसँग पुष्टि गरे । उनले भने, ‘१०-१५ दिन अगाडि नै जाहेरी आएको थियो, बिहीबार (आज) दर्ता भएको छ ।’ जाहेरीमा अन्य केहीलाई पनि प्रतिवादी बनाएर आएको भए पनि नामहरु आफूलाई यकिन नभएको उनले बताए । जनता समाजवादी पार्टीमा आबद्ध सिंह १० जेठ २०७९ मा वीरगञ्ज महानगरको मेयरमा निर्वाचित भएका थिए । गएको पुस अन्तिमतिर वीरगञ्जका मेयर सिंहले आफू नक्कली बाबु भनेर एक जना युवतीलाई नागरिकता बनाइदिएको सार्वजनिक भएको थियो ।

त्यसबेला जिल्ला प्रशासन कार्यालय, पर्साले छानबिन गर्दा ढड्डाबाट अनुसूची नै गायब भएको पाइएको अधिकृतहरु बताउँछन् । प्रशासनले १३ साउन २०७५ मा उनलाई  नागरिकता जारी गरेको विवरणहरु सार्वजनिक भएका थिए । यसबारे छानबिन गर्न गृह मन्त्रालयले समिति समेत बनाएको थियो । त्यसक्रममा उनले नागरिकता लिने युवती अर्की श्रीमतीबाट जन्मिएकी ‘आफ्नै छोरी’ भएको बताएका थिए । पछि दोस्रो श्रीमती भनिएकी महिलाले अदालतमा अंश र डिभोर्सको मुद्दा समेत दिएको अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीमा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला
बागमतीमा डुबेर बेपत्ता भएका दुई जनाको शव फेला
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
आँधीले भारतमा व्यापक मात्रामा जनधन क्षति, उत्तर प्रदेशमा मात्र १४ जनाको मृ*त्यु
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा
भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने
भारतलाई हराउँदै बंगलादेश फाइनलमा, उपाधिका लागि नेपालसँग भिड्ने
दुई छोरी तीन ज्वाँईसँग सल्लाह गरेर पेरिसडाँडा निस्किएका थिए प्रचण्ड
दुई छोरी तीन ज्वाँईसँग सल्लाह गरेर पेरिसडाँडा निस्किएका थिए प्रचण्ड
चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृ*त्यु
चितवनमा जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृ*त्यु
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन
खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी