राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २८, २०८२
|
|
२१ पटक हेरिएको
Shares
राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एक वर्षे ऋणपत्र जारी गर्ने

सारांश

  • नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।
  • केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
  • यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने राष्ट्र बैंकले जनाएको छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ ।

२८ पुष, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले अनलाइन बोलकबोल प्रणालीमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ छ’ नामक १ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

यस ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २८ गते हुने राष्ट्र बैंकले जनाएको छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिनेछ । ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् ।

बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था गरिएको छ र बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । ऋणपत्रको अन्तिम ब्याजदर बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने केन्द्रीय बैंकले स्पष्ट पारेको छ । बोलकबोल आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुनेछ । आह्वान गरिएको रकम बाँडफाँट गर्दा बोलकबोलमा प्रस्तावित ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले तोकेको बाँडफाँट रकमसम्म कायम हुने ब्याजदरलाई एकल ब्याजदरका रूपमा निर्धारण गरिनेछ ।

सो एकल ब्याजदरमा उक्त दर तथा सोभन्दा कम ब्याजदर प्रस्ताव गर्ने सहभागीहरूलाई नेपाल राष्ट्र बैंकले ऋणपत्र बिक्री गर्ने जनाएको छ । केन्द्रीय बैंकका अनुसार यो कदम वित्तीय प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्दै मौद्रिक व्यवस्थापनलाई सन्तुलित राख्ने उद्देश्यले लिइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
युवराज र बसिरको घातक बलिङमा आसाममाथि नेपाल ‘ए’ को प्रभावशाली जित
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
महानगरपालिकाले महसुल नतिरेपछि खानेपानी धाराको लाइन काट्ने तयारी
जनकपुरधाममा एक पुरुषको श*व फेला
जनकपुरधाममा एक पुरुषको श*व फेला
झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात, वार्डमा सारियो
झलनाथ पत्नी चित्रकारले गुमाइन् बायाँ हात, वार्डमा सारियो
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड
मन्त्री आवासको प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु
मन्त्री आवासको प्रारम्भिक क्षति विवरण सङ्कलन सुरु
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?
आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम, पेट्रोल र डिजेलको मूल्य कति ?
अदालतको अवहेलनामा प्रधानमन्त्री र अर्थमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
अदालतको अवहेलनामा प्रधानमन्त्री र अर्थमन्त्रीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक
सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक