सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी
सारांश
- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।
- २८ असारमा प्रतिनिधिसभा बैठक बस्ने भएकाले माओवादी केन्द्रको संसदीय दलको बैठक बोलाइएको हो ।
- यो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेबारे छलफल हुने नेताहरुले बताएका छन् ।
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।
२८ असारमा प्रतिनिधिसभा बैठक बस्ने भएकाले माओवादी केन्द्रको संसदीय दलको बैठक बोलाइएको हो । यो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेबारे छलफल हुने नेताहरुले बताएका छन् । प्रमुख सत्ता साझेदार नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्नेछ । 
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया