प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ १७, २०८३
|
|
२६५ पटक हेरिएको
Shares
प्रतिनिधिसभा अन्तर्गत तीन संसदीय समितिको बैठक बस्दै

सारांश

  • प्रतिनिधिसभा अन्तर्गत तिन संसदीय समितिको बैठक आज (बुधबार) बस्दै छ ।
  • अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको छैटौं (६औं) बैठक, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।
  • बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

काठमाडौं ।

प्रतिनिधिसभा अन्तर्गत तिन संसदीय समितिको बैठक आज (बुधबार) बस्दै छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको छैटौं (६औं) बैठक, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।

बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई आरोग्य वर्षका रुपमा मनाउन लागेको सन्दर्भमा सोको तयारी सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई दिइएको निर्देशन कार्यान्वयनको अवस्था र तत्पश्चात् प्राप्त थप उपलब्धी सम्बन्धमा छलफल हुनेछ ।  यसैगरी, बिहान ९ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धका साथै विविध विषयमा छलफल हुने कार्यसूची छ ।  यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक ९ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यमुनामाई गाउँपालिकामा तालाबन्दी
यमुनामाई गाउँपालिकामा तालाबन्दी
चीनमा ट्रम्प र सीबिच भेटवार्ता
चीनमा ट्रम्प र सीबिच भेटवार्ता
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
बागमती नदीमा तैरिने फोहोर पदार्थहरू संकलन गर्न ट्रास बेरियर राखियो
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति गर्न मागियो दरखास्त
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री डा.परियार
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
जम्मु-कश्मीरको प्रहरी कार्यालयमा विस्फोट हुँदा मारिनेको संख्या ९ पुग्यो
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ
असई हुँ भन्दै ठगी गर्ने २६ वर्षीय युवक पक्राउ