जिल्ला अदालतले महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न किन अस्वीकार गर्‍यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र १६, २०८२
|
|
३७ पटक हेरिएको
Shares
जिल्ला अदालतले महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्न किन अस्वीकार गर्‍यो

सारांश

  • जाहेरी र त्यससम्बन्धी सक्कल फाइल नै उच्च अदालत पाटन पुगेको भन्दै जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमती दिन अस्विकार गरेको छ ।
  • एमाले नेता महेश बस्नेतविरुद्ध २६ परिसर ५८ सांकेतिक नाम भएकी युवतीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।
  • भ्रुण हत्या, बलात्कार र चोरी डाँका मुद्दामा प्रहरीले जाहेरी लिन अस्विकार गरेपछि ती युवतीले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिएकी थिइन् ।

१६ चैत, काठमाडौं ।

जाहेरी र त्यससम्बन्धी सक्कल फाइल नै उच्च अदालत पाटन पुगेको भन्दै जिल्ला अदालत काठमाडौंले एमाले नेता महेश बस्नेतविरुद्ध पक्राउ पूर्जी जारी गर्ने अनुमती दिन अस्विकार गरेको छ ।

एमाले नेता महेश बस्नेतविरुद्ध २६ परिसर ५८ सांकेतिक नाम भएकी युवतीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । भ्रुण हत्या, बलात्कार र चोरी डाँका मुद्दामा प्रहरीले जाहेरी लिन अस्विकार गरेपछि ती युवतीले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा अनुसन्धान नै अघि नबढाई सरकारी वकिलले मुद्दा नचल्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध परेको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरेको थियो । त्यसपछि ती युवतीले अर्को पुरक जाहेरी दिएकी थिइन् । तर आफ्नो जाहेरीमाथि कुनै कारवाही अघि नबढेको दावी गर्दै उनले हालेको दोस्रो रिट निवेदन उच्च अदालत पाटनमा विचाराधिन छ । त्यो मुद्दाको सुनुवाईका क्रममा उच्च अदालत पाटनले सरकारी वकिलको कार्यालयमा रहेको सबै फाइल नै मगाएर लगेको छ ।

‘त्यो फाइल उच्च अदालत पुगेको छ, तर अहिले दर्ता गरिएको बेहोरा र त्यो फाइलको विवरणमा फरक देखिएन’ जिल्ला अदालत काठमाडौंसम्वद्ध स्रोतले भन्यो, ‘त्यही विषय माथिल्लो तहको अदालतमा विचाराधिन भएको अवस्थामा यस अदालतबाट अन्य आदेश जारी गर्नु न्यायिक मान्यता एवं कानूनी व्यवस्था विपरित हुनजान्छ ।’ जिल्ला अदालत काठमाडौंले उच्च अदालत पाटनमा रहेको विवादको टुंगो लागेर सक्कल मिसिल प्राप्त भएपछि मात्रै त्यसवारेमा सोच्न सकिने भनी आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘हाललाई निवेदन माग बमोजिम (पक्राउ अनुमती जारी) गर्न मिलेन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ
पहिलो पटक लिङ्देनको नेतृत्व स्वीकार्दै थापाले भने- राजावादीको नेतृत्व अब राप्रपाले गर्नुपर्छ
राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्
कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्
कक्षा १२ मा ‘एनजी’ आएका विद्यार्थीको फारम दस्तुर फिर्ता हुन्छ : चिकित्सा शिक्षा आयोग
कक्षा १२ मा ‘एनजी’ आएका विद्यार्थीको फारम दस्तुर फिर्ता हुन्छ : चिकित्सा शिक्षा आयोग
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य 
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य 
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना, ३ जना घाइते
शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना, ३ जना घाइते
सात महिनामै वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब १५ करोड
सात महिनामै वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब १५ करोड