बोरामा प्याक गरेर बागतमीमा शव फालिएको घटनामा थप एकजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
१९ पटक हेरिएको
Shares
बोरामा प्याक गरेर बागतमीमा शव फालिएको घटनामा थप एकजना पक्राउ

सारांश

  • बोरामा प्याक गरेर बागमती नदीमा शव फालिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा पेम्बा तामाङ नाम गरेका व्यक्ति छन् ।
  • उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

 

२६ फागनु, काठमाडौं। बोरामा प्याक गरेर बागमती नदीमा शव फालिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेम्बा तामाङ नाम गरेका व्यक्ति छन् । उनलाई सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

यो सँगै पक्राउ पर्नेहरुको संख्या ६ पुगेको छ । यसअघि प्रहरीले सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार, माङ र एक नाबालकलाई पक्राउ गरेको थियो । उनीहरुले हाल पहिचान खुल्न नसकेकी अन्दाजी ३०/३५ वर्षकी युवतीको शव बोरा र तन्नामा प्याक गरेर बागमती नदीमा फालेको आरोप छ ।

 

शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिला मृत भेटिएकी थिइन् । बारोमा प्याक गरेको अवस्थामा अन्दाजी ३५ वर्ष जतिकी महिलाको शव फेला परेको सूचना प्रहरीले पाएको थियो । प्रहरीले उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर घटनाबारे अनुसन्धान अघि बढाएको थियो । मृत महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?