हिजो समातिएका पालिका अध्यक्ष आज रिहा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
५२ पटक हेरिएको
Shares
हिजो समातिएका पालिका अध्यक्ष आज रिहा

सारांश

  •   रुपन्देही इलाका प्रहरी कार्यालय बुटवलले मंगलबार पक्राउ गरेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी बुधवार हाजिरी जमानीमा रिहा भएका छन्।
  • विधुतिय अपराधसम्बन्धी कसुरमा पक्राउ परेका अध्यक्ष चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गर्न प्रहरीलाई निर्देशन दिएपछि रिहा भएका हुन्।
  • इलाका प्रहरी कार्यालय बुटवलका अनुसन्धान अधिकृत धर्मराज खत्रीका अनुसार चौधरीलाई परिवारको जिम्मा लगाउने कार्य भइरहेको छ।

 

७ जेठ, भैरहवा । 

रुपन्देही इलाका प्रहरी कार्यालय बुटवलले मंगलबार पक्राउ गरेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी बुधवार हाजिरी जमानीमा रिहा भएका छन्। विधुतिय अपराधसम्बन्धी कसुरमा पक्राउ परेका अध्यक्ष चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गर्न प्रहरीलाई निर्देशन दिएपछि रिहा भएका हुन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसन्धान अधिकृत धर्मराज खत्रीका अनुसार चौधरीलाई परिवारको जिम्मा लगाउने कार्य भइरहेको छ। मुद्दाको मिसिल अध्ययन गर्दा थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएपछि अनुसन्धान अधिकृतलाई रिहा गर्न निर्देशन दिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।

‘थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएपछि अनुसन्धान जारी राख्ने गरी हाजिरी जमानीमा रिहा गर्न अनुसन्धान अधिकृतलाई निर्देशन दिइएको छ’, उनले भने, ‘अनुसन्धान अधिकृतलाई बोलाएको बखत जमानी लिएर जाने व्यक्तिले प्रतिवादीलाई उपस्थित गराउनुपर्छ।’ पालिका अध्यक्षलाई रिहा गर्नका लागि केन्द्र स्तरबाट स्थानीय स्तरमा दवाव बढेको थियो। अध्यक्ष चौधरीमाथी जबरजस्ती करणी मुद्दाका पीडितको गोपिनियता भंग गरेको आरोप छ। प्रहरीका अनुसार उनीविरुद्ध जेठ १ गते जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि मंगलबार (जेठ ६ गते) उनी आफै इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका थिए। जसपश्चात मुद्दाको मिसिल तयार गरेर सरकारी वकिल कार्यालय लगिएपछि त्यहाँ पनि तत्काल बयान गराएर अध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावलीमा हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता
मतदाता नामावलीमा हालसम्म २ लाख ८१ हजारभन्दा बढीले गराए दर्ता
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीका जवान सुरज साउदको श*व भेटियो
वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश
वीरगन्जका मेयर सिंहलाई धरौटीमा रिहा गर्न आदेश
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
मन्त्री घिसिङद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन
जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
वीरगन्ज नाका हुँदै भित्रिने चार पांग्रे सवारीसाधनको आयात घट्यो
कीर्तिपुरमा पार्किङ गरिएको गाडीमा आगलागी, ज*लेर एक जनाको मृ*त्यु
कीर्तिपुरमा पार्किङ गरिएको गाडीमा आगलागी, ज*लेर एक जनाको मृ*त्यु
प्रतिनिधि सभाका विषयगत समितिमा हेरफेर
प्रतिनिधि सभाका विषयगत समितिमा हेरफेर
मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
मतदाता नामावली संकलनको समय थप्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह
मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर
मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना नौ जना घाइते, छको अवस्था गम्भीर