सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

हिजो समातिएका पालिका अध्यक्ष आज रिहा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
८६ पटक हेरिएको
Shares
हिजो समातिएका पालिका अध्यक्ष आज रिहा

सारांश

  •   रुपन्देही इलाका प्रहरी कार्यालय बुटवलले मंगलबार पक्राउ गरेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी बुधवार हाजिरी जमानीमा रिहा भएका छन्।
  • विधुतिय अपराधसम्बन्धी कसुरमा पक्राउ परेका अध्यक्ष चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गर्न प्रहरीलाई निर्देशन दिएपछि रिहा भएका हुन्।
  • इलाका प्रहरी कार्यालय बुटवलका अनुसन्धान अधिकृत धर्मराज खत्रीका अनुसार चौधरीलाई परिवारको जिम्मा लगाउने कार्य भइरहेको छ।

 

७ जेठ, भैरहवा । 

रुपन्देही इलाका प्रहरी कार्यालय बुटवलले मंगलबार पक्राउ गरेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी बुधवार हाजिरी जमानीमा रिहा भएका छन्। विधुतिय अपराधसम्बन्धी कसुरमा पक्राउ परेका अध्यक्ष चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गर्न प्रहरीलाई निर्देशन दिएपछि रिहा भएका हुन्। इलाका प्रहरी कार्यालय बुटवलका अनुसन्धान अधिकृत धर्मराज खत्रीका अनुसार चौधरीलाई परिवारको जिम्मा लगाउने कार्य भइरहेको छ। मुद्दाको मिसिल अध्ययन गर्दा थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएपछि अनुसन्धान अधिकृतलाई रिहा गर्न निर्देशन दिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए।

‘थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएपछि अनुसन्धान जारी राख्ने गरी हाजिरी जमानीमा रिहा गर्न अनुसन्धान अधिकृतलाई निर्देशन दिइएको छ’, उनले भने, ‘अनुसन्धान अधिकृतलाई बोलाएको बखत जमानी लिएर जाने व्यक्तिले प्रतिवादीलाई उपस्थित गराउनुपर्छ।’ पालिका अध्यक्षलाई रिहा गर्नका लागि केन्द्र स्तरबाट स्थानीय स्तरमा दवाव बढेको थियो। अध्यक्ष चौधरीमाथी जबरजस्ती करणी मुद्दाका पीडितको गोपिनियता भंग गरेको आरोप छ। प्रहरीका अनुसार उनीविरुद्ध जेठ १ गते जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि मंगलबार (जेठ ६ गते) उनी आफै इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका थिए। जसपश्चात मुद्दाको मिसिल तयार गरेर सरकारी वकिल कार्यालय लगिएपछि त्यहाँ पनि तत्काल बयान गराएर अध्यक्ष चौधरीलाई हाजिरी जमानीमा रिहा गरिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा
कांग्रेस नेता बलबहादुर केसी नेतृत्वको टोली चीन भ्रमणमा
हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो
हमास-इजरायल द्वन्द्व : मृ*तक प्यालेस्टिनीको संख्या ५७ हजार नाघ्यो
सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू
सांसदहरूलाई रविको निर्देशन- आफन्तलाई नियुक्ति दिलाउन नलाग्नू
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन- जनताको अधिकारलाई वंशमा केन्द्रित गर्ने प्रयास हुँदैछ
बाढीका कारण १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो
बाढीका कारण १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो
गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा
गभर्नर छनोट समितिबाट विजयनाथ भट्टराईले दिए राजीनामा
मधेस प्रदेशमा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण
मधेस प्रदेशमा ट्राफिक प्रहरीलाई कालो चस्मा वितरण
एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहर ,आँखा नाक घाँटीका समस्या बढे
एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहर ,आँखा नाक घाँटीका समस्या बढे
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
जेठ ३ देखि ७ सम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय