एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहर ,आँखा नाक घाँटीका समस्या बढे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
३१ पटक हेरिएको
Shares
एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहर ,आँखा नाक घाँटीका समस्या बढे

सारांश

  • केही दिनयता काठमाडौँ उपत्यकाको वायु (हावा) प्रदूषित बन्दा आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या हुने, घाँटी खसखस गर्ने जस्ता स्वास्थ्य समस्या बढ्दै गएको छ।
  • यसले गर्दा केही दिनयता मानिसहरू यस्तै खाले समस्या लिएर अस्पताल पुग्ने संख्या बढ्दो छ।
  • यसको प्रमुख कारण हामीले फेर्ने प्रदूषित हावा रहेको विज्ञहरूको भनाइ छ।

 

१० फागुन, काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकाको वायु (हावा) प्रदूषित बन्दा आँखा पोल्ने, श्वासप्रश्वासमा समस्या हुने, घाँटी खसखस गर्ने जस्ता स्वास्थ्य समस्या बढ्दै गएको छ। यसले गर्दा केही दिनयता मानिसहरू यस्तै खाले समस्या लिएर अस्पताल पुग्ने संख्या बढ्दो छ। यसको प्रमुख कारण हामीले फेर्ने प्रदूषित हावा रहेको विज्ञहरूको भनाइ छ।

एक हप्तादेखि काठमाडौँ विश्वको प्रदूषित शहरको दशौँ क्रम भित्र रहेको छ।वायु प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन रूपमा असर गर्ने विभिन्न तथ्यांकले बताइरहेका छन्। वायु प्रदूषणले विशेष गरी वृद्धवृद्धा, बालबालिका, श्वासप्रश्वास, मुटु रोगी, दीर्घरोगी साथै गर्भावस्थाका महिला  बढी प्रभावित हुने बताउँछन् चिकित्सक शेरबहादुर पुन। उनले भने‚ ‘वायु प्रदूषण बढ्दा कारण आँखा पोल्ने, नाक चिलाउने, घाँटी खसखसाउने, खोकी लाग्ने जस्ता तत्काल देखिने स्वास्थ्य समस्या हो भने दीर्घकालीन रूपमा नसर्ने ठूला रोगहरूको पनि प्रमुख कारक तत्त्व बन्न सक्छ। त्यसैले वायु प्रदूषण रोक्नु नै उत्तम उपाय हो।’

पछिल्ला वर्षमा नेपालमा नसर्ने रोग पनि प्रकोपकै रूपमा देखिन थालेका छन्। यसको प्रमुख कारणमध्ये बढ्दै गएको वायु प्रदूषण र त्यसले पार्ने तत्कालीन र दीर्घकालीन असरहरू रहेको चिकित्सकहरूको भनाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण हेर्ने हो भने हाल नेपालमा वायु प्रदूषणका कारणले हुने मृत्युदरमा मस्तिष्कघात ३७ प्रतिशत रहेको छ भने मुटुरोगबाट ३४ प्रतिशत, फोक्सो क्यान्सरबाट हुने मृत्युदर ३४ प्रतिशत र नवजात शिशु तथा बालबालिकामा हुने मृत्युदर २२ प्रतिशत रहेको छ।

‘प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक तापक्रम र वायु प्रदूषणले मानव स्वास्थ्यमा सुषुप्त महामारीकै रूप सिर्जना गरिरहेको बताउँछन् जनस्वास्थ्य तथा वातावरणविद् डा. मेघनाथ धिमाल। ‘तत्कालीन रूपमा यसले आँखा पोल्ने, नाक चिलाउने, घाँटी खसखसाउने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या त देखिन्छ नै‚ दीर्घकालीन रूपमा नसर्ने रोगहरूको कारक तत्त्व बन्ने मात्रै होइन मानिसको प्रजनन क्षमतामा असर गरिरहेको हुन्छ’‚ डा. धिमालले भने।

पछिल्लो एक/दुई वर्षयता फागुन, चैत, वैशाख र जेठ महिनामा काठमाडौँ लगायतका नेपालमा शहरमा अत्यधिक वायु प्रदूषण बढ्ने गरेको वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रको तथ्यांकले देखाएको छ। यसको प्रमुख कारण भनेको उच्च गर्मी हुने यस मौसममा ठूला वनजंगलमा हुने आगलागी भएको बताइन्छ। यो अवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आर्द्रता र सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारणजस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारीसाधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुँवा धुलोबाट वायु प्रदूषण हुने गरेको बताइएको छ।

जसले गर्दा केही दिनयता काठमाडौँ उपत्यका सहित देशका ठूला शहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ। ‍पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालका अधिकांश भूभागमा वायु प्रदूषण बढेको पाइएको छ। सयौँ किलोमिटर टाढा रहेका वनजंगलमा लागेको डढेलोले नै काठमाडौँमा कसरी प्रदूषण बढ्यो छ भन्ने प्रश्नमा वातावरणविद् डा. धिमाल भन्छन्‚ ‘वायु मण्डलमा हावा माथितिर बहन्छ त्यसले गर्दा तराईमा लाग्ने ठूला आगलागीबाट निस्केको हावा पहाडी भेगमा आइपुग्छ र प्रदूण बढ्छ।

अहिले काठमाडौँ उपत्यकामा बढेको प्रदूषणको कारण भनेको यहाँको आन्तरिक क्रियाकलापभन्दा पनि आसपासका जंगलमा लाग्ने ठूला आगलागीदेखि तराईमा उड्ने धुलो सहित आगलागी नै हो।’ यसका साथै हिउँदमा वर्षा नहुँदा पनि हावा प्रदूषित हुने क्रम बढ्ने समेत डा. धिमालले बताए। सामान्यतया जाडो मौसममा प्रदूषण बढ्ने गरेको उनी बताउँछन्। पानी कम परेसँगै सुक्खापन र डढेलो घटना बढ्दा हावा प्रदूषण हुने क्रम बढेको बताउँछन् वातावरणविद्‍ भूषण तुलाधर। डढेलोको धुवाँसँगै जाडो छल्न मान्छेहरूले ताप्न बाल्ने आगो, कृषिजन्य अवशेष जलाउँदा, केही इँटाभट्टाबाट समेत निस्कने धुवाँका कारण पनि प्रदूषण बढेको उनको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
प्रतिनिधि सभा निर्वाचन २०८२ : ६३ दलले समानुपातिक बन्दसूची बुझाए, कांग्रेसको सूची बाँकी
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी
प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैंले राखे श्रम मन्त्रालयको जिम्मेवारी
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
घुससहित पक्राउ परेका नायव सुब्बाविरुद्ध मुद्दा दायर
एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
एकैदिन तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
एमाले काठमाडौंद्वारा ओलीको रिहाइको मागसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
रविलाई पक्राउ गर्ने योजना तत्काललाई ‘होल्ड’, निगरानी भने जारी रहने
धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना
धनुषाका एसपीको राजीनामा माग गर्दै जनकपुरधाममा धर्ना