Press 4K
शनिबार, १६ श्रावण २०८३

इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२२३ पटक हेरिएको
Shares
इटहरी गोल्डकपको उपाधिको लागि गछिया युवा समाजलाई

सारांश

  • १६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ ।
  • इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो ।
  • गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे ।

 

८ वैशाख,विराटनगर ।

१६ औँ संस्करणको अन्तराष्टिय आमन्त्रण इटहरी गोल्ड कपको उपाधि गछिया युवा समाजले जितेको छ । इटहरी रंगशालामा सोमबार भएको रात्रीकालीन खेलमा बुढासुब्बा गोल्डकप च्याम्पियन प्लानिङ ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि जितेको हो ।

गछियालाई उपाधि जिताउन दोर्जे तामाङले निर्णायक गोल गरे । उनले खेलको ८७औँ मिनेटमा गरेको गोलनै निर्णायक बन्यो । रामबाजीले प्रहार गरेको कर्णर बल प्लानिङका डिफेन्डरबाट रिफ्लेक्ट भएर आएको थियो । उक्त बललाई दार्जेले उत्कृष्ट गोल गरे । उनी फाइनल खेलको म्यानअफद म्याच घोषित हुँदै नगद १० हजार हात पार्न सफल भए ।

प्रतियोगिताको विजेता टिम गछियाले नगद १० लाख रुपैयाँ र उपविजेता प्लानिङ ब्वाइजले ५ लाख रुपैयाँमा बुझायो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गछियाका सुजन चौधरी घोषित भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए । प्लानिङ ब्वाइजका निग्मा घिसिङ उत्कृष्ट डिफेण्डर, प्रतापसिंह राई मिडफिल्ड र घोषित भए । गछियाका बिशाल सुनार उत्कृष्ट गोलकिपर, सुजन ढंगोल उत्कृष्ट फरवार्ड, अर्जुन बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही नगद २० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिता अवधिभर ६ गोल गरेका प्लानिङ ब्वाइजका कप्तान फागुराम थारुले सर्वाधिक गोलकर्ता भए बापत नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । राष्ट्रिय जागृती क्लबका युजन राई उदयमान खेलाडी बने । उनले ३२ इन्चको एलइडी टिभी पुरस्कार पाए । अन्तिम सेमिफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो यूथ क्लब ललितपुरलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मोरङको टोलीसँग उपाधि भिडन्त पक्का गरेको थियो । पहिलो सेमिफाइनलमा गछियाले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । गछियाले क्वाटर फाइनलमा नाइजेरियन क्लब जस्टजोन एफसीलाई पराजित गरेको थियो । राष्ट्रिय जागृती क्लबले आयोजना गरेको प्रतियोगितामा दुई विदेशीसहित ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता चैत्र ३० गते देखी सुरु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसी अन्तर्गत बन्ने रातमाटे सबस्टेशनको भारतीय कम्पनीलाई ठेक्का
एमसीसी अन्तर्गत बन्ने रातमाटे सबस्टेशनको भारतीय कम्पनीलाई ठेक्का
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
एनसेल प्रधान कार्यालयमा पनि आगजनी
एनसेल प्रधान कार्यालयमा पनि आगजनी
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
हेटौंडामा सवारी दु*र्घटना हुँदा एक किशोरीको मृ*त्यु
हेटौंडामा सवारी दु*र्घटना हुँदा एक किशोरीको मृ*त्यु
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
दार्चुलामा दुई लाख रुपैयाँसहित ८ जना जुवाडे पक्राउ
दार्चुलामा दुई लाख रुपैयाँसहित ८ जना जुवाडे पक्राउ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...