एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष २, २०८२
|
|
३० पटक हेरिएको
Shares
एमाले महाधिवेशन : भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक

सारांश

  • नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा मोबाइल र उम्मेदवारको सूची लैजान रोक लगाइएको छ ।
  • सुरुमा ती लैजान दिइए पनि पछि रोक लगाइएको हो ।
  • केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षले आ–आफ्नो प्यानलका उम्मेदवारहरुको नामावली प्रतिनिधिहरुलाई बाँडिरहेका थिए ।

२ पुस, काठमाडौं ।

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा मोबाइल र उम्मेदवारको सूची लैजान रोक लगाइएको छ । सुरुमा ती लैजान दिइए पनि पछि रोक लगाइएको हो । केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षले आ–आफ्नो प्यानलका उम्मेदवारहरुको नामावली प्रतिनिधिहरुलाई बाँडिरहेका थिए । त्यो खबर सार्वजनिक भएपछि कडाइ गरिएको हो । एमाले नयाँ नेतृत्व चयनका लागि आज बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो ।  एमाले नेता राजेन्द्र गौतमका अनुसार बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ ।

एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् । यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ ।  मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।प्रतिनिधिहरु लामबद्ध भएर पालैपालो मत खसालिरहेका छन् । प्रतिनिधिहरुको लाइनमा पुगेर उम्मेदवारहरुले भोट मागिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगन्जको गोल्डेन ह*त्या प्रकरण: थप १ जना पक्राउ
वीरगन्जको गोल्डेन ह*त्या प्रकरण: थप १ जना पक्राउ
दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल
दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल
सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने
सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने
मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत
मन्त्रिपरिषद् बैठकद्वारा प्रधानमन्त्रीले गर्ने चीन भ्रमण स्वीकृत
आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि बन्द नहुने
आजदेखि धरहरा दैनिक १२ घण्टा खुला हुने, सार्वजनिक विदाका दिन पनि बन्द नहुने
प्रतिनिधिसभाको बैठक बस्दै‌,दुई मन्त्रीले जवाफ दिने कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै‌,दुई मन्त्रीले जवाफ दिने कार्यसूची
सञ्चय कोषले बाड्यो ५ अर्ब ३४ करोड मुनाफा
सञ्चय कोषले बाड्यो ५ अर्ब ३४ करोड मुनाफा
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले
राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने
माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने