अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १८, २०८१
|
|
३० पटक हेरिएको
Shares
अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ

सारांश

  • केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कैलालीका २२ वर्षफय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी रहेका छन् ।
  • यस्तै भारतका ३६ वर्षीय मुन्ना कुमार र २७ वर्षीय रोशन कुमार रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।
  • कम्युटर इन्जिनियरिङ पढ्दै गरेका उनीहरूले डेढ वर्षदेखि ठग्दै आएको खुलासा भएको छ ।

१८ माघ, काठमाडौँ — ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा २ भारतीयसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कैलालीका २२ वर्षफय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी रहेका छन् ।

यस्तै भारतका ३६ वर्षीय मुन्ना कुमार र २७ वर्षीय रोशन कुमार रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए । कम्युटर इन्जिनियरिङ पढ्दै गरेका उनीहरूले डेढ वर्षदेखि ठग्दै आएको खुलासा भएको छ । शाहीका अनुसार हालसम्म प्राप्त डिजिटल फरेन्सिक अनुसन्धानको रिपोर्ट अनुसार उनीहरूले ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेका छन् । उनीहरूले विभिन्न व्यक्तिहरुलाई परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको सीआईबीले बताएको छ।

उनीहरूले विभिन्न बैंक र डिजिटल वालेट प्रयोगकर्तालाई आफूहरू सोही बैंक र वालेटबाट बोलेको भन्दै फोन गरी सिस्टम अपडेटका नाममा ओटीपी मागेर खाताबाट पैसा चोरी गर्दै आएका थिए । सामाजिक सञ्जालहरूमा अनलाइन जब गर्न सकिने भनेर मानिसहरूको माग गरेर उनीहरूको बैंक तथा वालेट आफैंले प्रयोग गर्ने र त्यसरी आएको रकम संकलन गर्ने गरेको शाहीले बताए । उनीहरूविरुद्ध प्रहरीले संगठित रूपमा ठगीका साथै अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको कसुरमा अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हितेन्द्रदेव शाक्यको रिटमा २१ कात्तिकमा अन्तरिम आदेशको छलफल
हितेन्द्रदेव शाक्यको रिटमा २१ कात्तिकमा अन्तरिम आदेशको छलफल
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
रौतहटमा हत्या गरेर फरार रहेका व्यक्ति ४० वर्षपछि सर्लाहीबाट पक्राउ
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय
कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने नेकपाको निर्णय
मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन: वामदेवको दाबी
मैले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल भएको छैन: वामदेवको दाबी
बालेनले दिए काठमाडौँको मेयरबाट राजीनामा
बालेनले दिए काठमाडौँको मेयरबाट राजीनामा
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति
वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप
वीरगञ्ज बसपार्क चौकीका सहायक निरीक्षकको धम्की र अनैतिक गतिविधि संरक्षणको आरोप
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा