अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १८, २०८१
|
|
३९ पटक हेरिएको
Shares
अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ

सारांश

  • केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कैलालीका २२ वर्षफय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी रहेका छन् ।
  • यस्तै भारतका ३६ वर्षीय मुन्ना कुमार र २७ वर्षीय रोशन कुमार रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए ।
  • कम्युटर इन्जिनियरिङ पढ्दै गरेका उनीहरूले डेढ वर्षदेखि ठग्दै आएको खुलासा भएको छ ।

 

१८ माघ, काठमाडौँ — ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा २ भारतीयसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कैलालीका २२ वर्षफय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी रहेका छन् ।

यस्तै भारतका ३६ वर्षीय मुन्ना कुमार र २७ वर्षीय रोशन कुमार रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए । कम्युटर इन्जिनियरिङ पढ्दै गरेका उनीहरूले डेढ वर्षदेखि ठग्दै आएको खुलासा भएको छ । शाहीका अनुसार हालसम्म प्राप्त डिजिटल फरेन्सिक अनुसन्धानको रिपोर्ट अनुसार उनीहरूले ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेका छन् । उनीहरूले विभिन्न व्यक्तिहरुलाई परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको सीआईबीले बताएको छ।

उनीहरूले विभिन्न बैंक र डिजिटल वालेट प्रयोगकर्तालाई आफूहरू सोही बैंक र वालेटबाट बोलेको भन्दै फोन गरी सिस्टम अपडेटका नाममा ओटीपी मागेर खाताबाट पैसा चोरी गर्दै आएका थिए । सामाजिक सञ्जालहरूमा अनलाइन जब गर्न सकिने भनेर मानिसहरूको माग गरेर उनीहरूको बैंक तथा वालेट आफैंले प्रयोग गर्ने र त्यसरी आएको रकम संकलन गर्ने गरेको शाहीले बताए । उनीहरूविरुद्ध प्रहरीले संगठित रूपमा ठगीका साथै अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको कसुरमा अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन
मकवानपुरमा भिरबाट लडेर महिलाको मृ*त्यु
मकवानपुरमा भिरबाट लडेर महिलाको मृ*त्यु
राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा
राष्ट्रिय सभाबाट तीन जनाले दिए राजीनामा
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
शिखर धवनसहित कर्णाली याक्सको टोलीले गर्‍यो पशुपति दर्शन
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द
नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द
चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल
चौथो खेलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल
इजरायली सैन्य आक्रमणमा १६ हजारभन्दा बढी बालबालिकाको मृ*त्यु
इजरायली सैन्य आक्रमणमा १६ हजारभन्दा बढी बालबालिकाको मृ*त्यु