Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी स्वदेश फर्किंदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
३९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी स्वदेश फर्किंदै

सारांश

  • विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा स्पेन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् ।
  • केहीबेरअघि मात्र प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरेका छन्।
  • सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्ने जनाएको छ ।

२० असार, काठमाडौं ।

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने क्रममा स्पेन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन् । केहीबेरअघि मात्र प्रधानमन्त्री ओली स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरेका छन्। सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्ने जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका प्रधानमन्त्री पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए भने अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका थिए ।

यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सहभागिता थियो । विकास सहायतामा नयाँ सोचसम्बधी उच्चस्तरीय छलफलका अवाला अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो । बिहीबार मात्र उनले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला भ्रमण गरेका थिए। स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?