मन्त्रिपरिषदको बैठक बस्दै, होला आज गभर्नर नियुक्ति ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
५१ पटक हेरिएको
Shares
मन्त्रिपरिषदको बैठक बस्दै, होला आज गभर्नर नियुक्ति ?

सारांश

  • मन्त्रिपरिषदको बैठक आज (सोमबार) साँझ बस्दैछ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सोमबार साँझ ५ बजेतिर मन्त्रिपरिषद बस्ने तय भएको हो ।
  • तर, मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने चाहीँ यकिन भएको छैन ।

 

५ जेठ, काठमाडौं ।

मन्त्रिपरिषदको बैठक आज (सोमबार) साँझ बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सोमबार साँझ ५ बजेतिर मन्त्रिपरिषद बस्ने तय भएको हो । तर, मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने चाहीँ यकिन भएको छैन । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ ।

सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ । यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् । उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ । सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान
वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा
संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा
संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
काठमाडौं र ललितपुरका यी स्थानमा आज तीन घण्टा विद्युत अवरूद्ध हुने
ज्येष्ठ नागरिकको रकम लुट्ने चारजना भारतीय पक्राउ
ज्येष्ठ नागरिकको रकम लुट्ने चारजना भारतीय पक्राउ
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा
सिके राउतले हाले सम्बन्धविच्छेदको मुद्दा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू
  चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु
  चितवनमा दाना उद्योगको पर्खाल भत्किँदा ३ जनाको मृ*त्यु
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध  उजुरी आह्वान गर्ने निर्णय
सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय