यी स्थानमा अहिले भइरहेको छ वर्षा, कस्तो रहला दिनभरको मौसम?

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख १६, २०८२
|
|
२४ पटक हेरिएको
Shares
यी स्थानमा अहिले भइरहेको छ वर्षा, कस्तो रहला दिनभरको मौसम?

सारांश

  •  मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी  र कर्णाली प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
  • दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ।
  • कोशी, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

१६ वैशाख, काठमाडौं :

पश्चिमी र स्थानीय वायुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावले हाल सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा साधरणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी  र कर्णाली प्रदेशको एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरू तथा बाँकी भूभागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। यो क्रम राति पनि जारी रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?