वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक १३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
वर्षाका कारण पूर्वपश्चिम राजमार्गको दाउन्नेमा सडक अवरुद्ध

सारांश

  • पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ ।
  • सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए ।
  • वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनीले बताए ।

१३ कात्तिक, काठमाडौँ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ । सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक आज बिहानदेखिको वर्षाका कारणले अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए । वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको उनीले बताए ।

सूचना अधिकारी नेपालले भने, ‘बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन् । दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन् ।’ नेपालमा हाल बंगालको खाडी र अरब सागरमा विकसित भएको चक्रवातको प्रभाव परेको छ । खाडीमा विकसित भएको प्रणाली पूर्वबाट र अरब सागरको पश्चिम नेपालबाट प्रवेश गरेको छ । जस कारण देशका धेरै ठाउँमा वर्षा भइरहेको छ ।

कोशी प्रदेश र मधेश प्रदेशका केही ठाउँमा आज र भोलि शुक्रबार भारी वर्षा हुने प्रक्षेपणसमेत गरिएको छ । ठूलो वर्षा हुने भएकोले सतर्कता अपनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा
बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा
बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ
बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
जनमत पार्टीका प्रभावसाली नेता इन्जिनियर बिपिन कापरको सहयोगमा कृषि औजार वितरण
बंगलादेशमा हसिनासहित सिंगो मन्त्रिपरिषदमाथि मुद्धा दर्ता
बंगलादेशमा हसिनासहित सिंगो मन्त्रिपरिषदमाथि मुद्धा दर्ता
कोदोको उत्पादन र उपभोग बढाऔँ: प्रधानमन्त्री
कोदोको उत्पादन र उपभोग बढाऔँ: प्रधानमन्त्री
दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र
दाउन्ने सडक १६ घण्टादेखि अवरुद्ध, हजारौं यात्रु अलपत्र
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव
सामाजिक सञ्जाल नियमनका लागि कार्यदल बनाउन काउन्सिललाई सञ्चारमन्त्रीको सुझाव
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबिच बालुवाटारमा छलफल
चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ
चिठी लेखेर ९२ हजार माग्दै धम्की दिएको आरोपमा दुईजना पक्राउ
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण