ग्रे-लिस्टबाट बाहिरिन विलासिता कर लगाइएको होः अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ १८, २०८२
|
|
३३ पटक हेरिएको
Shares
ग्रे-लिस्टबाट बाहिरिन विलासिता कर लगाइएको होः अर्थमन्त्री पौडेल

सारांश

  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ग्रे-लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शिता गर्न कायम गर्न विलासिता कर लगाइएको बताएका छन् ।
  • राष्ट्रिय सभाको बुधवारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले विलासिता कर लगाउनुको कारण प्रष्ट पारेका हुन् ।
  • मन्त्री पौडेलले विलासिता करको सम्बन्धमा सरकारले नयाँ प्रस्ताव गरेको नभई सुनको १० लाखभन्दा माथिको कारोबारमा यसअघि लाग्दै आएको विलासिता करको सीमामात्रै हटाइएको बताए ।

१८ असार, काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ग्रे-लिस्टबाट बाहिर निस्कनुपर्ने आवश्यकताको आधारमा सुनको कारोबारका पारदर्शिता गर्न कायम गर्न विलासिता कर लगाइएको बताएका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले विलासिता कर लगाउनुको कारण प्रष्ट पारेका हुन् । मन्त्री पौडेलले विलासिता करको सम्बन्धमा सरकारले नयाँ प्रस्ताव गरेको नभई सुनको १० लाखभन्दा माथिको कारोबारमा यसअघि लाग्दै आएको विलासिता करको सीमामात्रै हटाइएको बताए । पछिल्लो समय विलासिता करको विरुद्धमा सुनचाँदी व्यवसायीहरूले आन्दोलनमा छन् ।

सांसदहरूको प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै अगामी आर्थिक वर्षको बजेट ल्याइएको जानकारी दिए । उनले बजेट निर्माणका क्रममा ऋण लिने अभ्यास नेपाल मात्र नभई विश्वका धेरैजसो मुलुकहरूमा कायम रहेको उल्लेख गर्दै ऋण सीमा र दिगो व्यवस्थापनमा सरकार गम्भीर रहेको जिकिर गरे । उनले भने, ‘हामी राजश्व र अन्तरर्राष्ट्रिय सहयोगबाट मात्रै बजेट निर्माण गर्न सक्छौं भन्ने बिन्दुमा पुगिसकेका छैनौँ । हामी मात्रै होइन, विश्वका विकसित मुलुकहरुले समेत बजेट निर्माण गर्दा ऋण उठाउने अभ्यास गरिरहेका छन् ।’

घाटाको बजेटको सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ दिंदै पौडेले भने, ‘हामीले बजेट निर्माण गर्दा राजश्व र अन्तरर्राष्ट्रिय सहयोग एउटा महत्वपूर्ण स्रोत हो । निश्चित सीमासम्म हामी ऋण पनि उठाउने गर्छौं । यो ऋणको आकारलाई घाटा बजेटसँग जोडेर हेर्ने गरिन्छ ।’ उनले सरकार ऋणको मात्रा असिमित नहोस्, धान्न सकिने होस् भन्नेमा होसियार रहेको बताए । उनले भने, ‘हामी त्यसको दिगो व्यवस्थापन हुन सकोस् र यसरी लिइने ऋणलाई उत्पादत्व वृद्धि गर्ने क्षेत्रमा खर्च गरियोस् भन्ने कुरामा होसियार हुनुपर्छ ।’ मन्त्री पौडेलले लोकतन्त्रको मर्मअनुसार बजेट आएको दाबी गर्दै बजेटले मुलुकको समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएलमा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकियाे
एनपीएलमा नेपालका राष्ट्रिय खेलाडीहरुको विभिन्न मूल्य तोकियाे
दुग्ध विकास संस्थानमा ६० करोड ऋण लगानी गर्न अर्थले दियो सहमति
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ : चौथो दिन २३ हजारभन्दा बढी सडक प्रयोगकर्ता लाभान्वित
गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन
गलेश्वरमा रु ५१ लाख भेटी सङ्कलन
शीर्ष नेताको बैठक स्थगित
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
यूके र दुबई पठाइदिन्छु भन्दै लाखौँ असुल्ने २ जना पक्राउ
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
पाँचथरको वनमा आगलागी : एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते
रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश